मुख्य समाचार
नेपालमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दलालहरूले बनाउँछन् : अध्यक्ष यादव
नेपालमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दलालहरूले बनाउँछन् : अध्यक्ष यादव

— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।




‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिनालगानी करोडौं अर्बौं कमाइरहेका छन् ।’ मुलुकमा दलाल, बिचौलिया र नोकरशाहहरू मन्त्रीदेखि प्रधानमन्त्रीसम्म नियुक्त गर्ने हैसियतमा पुगेको यादवले बताए ।


मुलुकको सधैंभरि बागडोर सम्हालेको कांग्रेस, कम्युनिस्ट र नोकरशाहहरूले दलाल पुँजीवादलाई संरक्षण गर्दै यसको संस्थागत गरेको यादवको भनाइ छ । उनीहरुले कमिसनतन्त्र र लुटतन्त्र संस्थागत गर्दै लोकतन्त्र बर्बादलाई बर्बाद पारेको उनले आरोप लगाए ।

नेपालमा कांग्रेस र कम्युनिस्ट असफल र निकम्मा सिद्ध भएको भन्दै उनीहरुबाट अझै पनि आशा गर्नु मुर्खताबाहेक केही पनि नहुने यादवले बताए । उनले कांग्रेस, एमाले, माओवादी, राप्रप्राहरू नामका लागि फरक-फरक भनिए पनि सिद्धान्त भने सत्तामा गएर लुट्नु नै रहेको यादवले बताए । यी दलहरूले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग सबै क्षेत्रलाई ध्वस्त पारेको यादवले आरोप लगाए । मुलुक अहिले २४ खर्ब ऋणमा डुबेको र यो सबै रकम उनीहरुले भ्रष्टाचार गरेको यादवको आरोप छ ।

यस्तै, जसपा नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादवले अहिले राष्ट्रिय राजनीति निराशाको दौडबाट गुज्रिरहेको बताए । मुलुक आर्थिक रूपबाट जर्जर, सामाजिक रूपमा विभाजित र समाजमा व्यक्ति केन्द्रित प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरे । मुलुकमा रूपान्तरणका लागि शासनसत्तामा रहँदै आएको एउटै समुदायको बर्चस्व र अधिपत्य तोड्नुपर्ने यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो । बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार ...
— नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘२०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य सन्तोष बुढाले भने, ‘त्यसका लागि ...
— राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश नहुने व्यवस्थामा पनि सहमति जुटाएको छ । राष्ट्रिय सभाले भ्रष्टाचार निवारण ऐनमा अख्तियारलाई बैंक, वित्तीय संस्था, बिमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक ...
विश्वविद्यालयका जिम्मेवारीमा नियुक्तिको आधार : योग्यता कि भागबन्डा भन्ने प्रश्न यसपालि जबर्जस्त बनेको थियो, त्रिवि कार्यकारी परिषद्को शनिबारको बैठकले फेरि सिद्ध गरिदिएको छ– योग्यताको बहस हुँदै गर्छ, तर विश्वविद्यालय चल्ने त दलीय भागबन्डामा नै हो । विश्वविद्यालयका जिम्मेवारीमा दलीय भागबन्डा अति भयो भनेर आलोचनापछि अब योग्यतामा आधारित प्रणाली (मेरिटोक्रेसी) का आधारमा नियुक्ति हुने प्रचलन बस्छ कि भन्ने ...
— पाइलटलाई दृश्यमा सघाउने १३ करोड रुपैयाँको उपकरण जडान भएसँगै अब राजविराज विमानस्थलमा खराब मौसम र रात्रिकालीन समयमा पनि जहाज उडान–अवतरण गराउन मिल्ने भएको छ । राजविराजमा यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी हुँदा मात्रै उडान हुने गरेको थियो । अब न्यूनतम २ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा पनि जहाज अवतरण गर्न सकिनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २ ...