मुख्य समाचार
मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु
मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

— मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । अधिकारीहरूले एक हजार जना भन्दा बढीको ज्यान गएको आशंका गरेका छन् ।


९० वर्षयताकै शक्तिशाली चिदो आँधीले भीषण हावाहुरी ल्याएपछि मायातको जनजीवन अस्तव्यस्त बनेको हो । मडागास्कर र मोजाम्बिकबीच हिन्द महासागरमा अवस्थित मायातमा फ्रान्स प्रशासित टापु हो ।

२ सय २५ किलोमिटर गतिको हावाहुरीका कारण अस्पताल लगायतका कतिपय संरचना ध्वस्त भएका बताइएको छ । 'आँधीपछि कतिपय मानिसहरू भोक र तिर्खाले मर्न थालेका छन्,' एक सांसद्ले बीबीसीसँग भनेका छन् ।

उद्धारकर्ताहरूले बाँच्न सफल मानिसहरूको खोजी गरिरहेका र पिउने पानी, बिजुली तथा फोन लाइनहरू पुनर्स्थापित गर्न संघर्ष गरिरहेका जनाइएको छ । मुख्य अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भएका छन् ।
फ्रान्सले ३१ डिग्री सेल्सियस तापक्रममा खाना र पानीको अभावमा बासिन्दाहरूलाई मानवीय राहत प्रयास परिचालन गर्ने प्रयास गरिरहेको जनाएको छ । बीबीसीका अनुसार कतिपय स्थानमा फ्रान्सेली सेनाले प्रभावितहरूलाई सहयोग गरेको तथा भग्नावशेषहरू सफा गरिरहेको छ । फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेललेउले आँधी प्रभावित मायातको भ्रमण गरेका छन् ।

मायातको राजधानी मामोद्जोउका मेयर अम्बदिलवाहेदोउ सौउमाइलाले चक्रवात चिदले सबै कुरा ध्वस्त पारेको बताएका छन् । 'अस्पताल प्रभावित भएको छ । विद्यालयहरू प्रभावित छन् । घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्,' उनले समाचार संस्था एएफपीसँग भनेका छन् ।




फ्रान्सेली गृह मन्त्रालयका अनुसार मायातमा एक लाख भन्दा बढी कागजातविहीन आप्रवासीहरू बस्दै आएका छन् । फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्ने मायात फ्रान्सका अन्य क्षेत्र भन्दा गरिब छ र दशकौंदेखि सामूहिक हिंसा र सामाजिक अशान्तिको सामना गर्दै आएको छ ।

मायातका तीन चौथाइभन्दा बढी मानिसहरू फ्रान्सको गरिबीको रेखामुनि बस्छन् । मायातमा यसै वर्षको सुरूमा पनि पानीको अभावका कारण तनाव उत्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...