मुख्य समाचार
पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति
पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति

— नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को ‘स्टेरिङ कमिटी’ बैठकले दुई पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति गरेको छ । सिलिगुडी–चारआली र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन उक्त अवधिभित्र सक्ने गरी काम थाल्ने सहमति भएको हो ।


मंगलबार काठमाडौंमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकआपसमा आदानप्रदान गरी निर्माणका क्रममा कुनै समस्या आए तत्काल समाधान गर्ने सहमति पनि गरेको छ । ‘निर्माण अवधिको गणना आजकै मितिदेखि सुरु भएको छ,’ निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने, ‘बैठकले पाइप लाइन सञ्चालन र समस्या आए तत्काल समाधान गरेर बाटो देखाउने सहमति गरेको छ ।’


उनका अनुसार पाइप लाइन बनाउने जग्गामा बाउन्ड्री चाँडै सक्ने र आईओसीलाई हस्तान्तरण गर्नेबारे छलफल भएको छ । ‘निगमले हस्तान्तरण गरेलगत्तै आईओसी टेन्डरमा जानेछ,’ उनले भने ।

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तार गर्न भारतसँग १५ अर्बका दुई वटा पाइप लाइन र एउटा स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाउने सम्झौता भइसकेको छ । यी परियोजना भारतले अनुदानमै बनाइदिने गरी सम्झौता भइसकेको छ ।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किमि लामो पेट्रोलियम पाइप लाइन र चारआलीमै १८ हजार ९ सय किलोलिटर क्षमताको स्माट ग्रिनफिल्ड टर्मिनल बनाइदिने सम्झौता भएको हो ।

झापामा निगमको करिब २३ बिघा जग्गा छ । पाइप लाइन बनेसँगै त्यहाँ पेट्रोल र डिजेल भण्डारण गरिनेछ । त्यस्तै, नेपालको अमलेखगन्जबाट चितवनको लोथरसम्म ६२ किमि लामो पेट्रोलियम पाइप लाइन परियोजना पनि बनाउने सम्झौता भएको छ । यो पाइप लाइन पनि भारतले अनुदानमै बनाइदिनेछ ।

स्टेरिङ कमिटीको यो दोस्रो बैठक हो । पहिलो बैठक २०२४ अक्टोबर १४ अक्टोबरमा अनलाइनमार्फत भएको थियो । निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायले स्टेरिङ कमिटीको बैठक नियमित गर्ने सहमति भएको बताए ।


बैठकमा निगमका तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक उपाध्यायलगायत सहभागी थिए । आईओसीका तर्फबाट नेपालका कन्ट्री म्यानेजर निरुपम रायजादासहित अनिरुद्ध थाटे, प्रवीनकुमार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो । बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार ...
— नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘२०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य सन्तोष बुढाले भने, ‘त्यसका लागि ...
— राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश नहुने व्यवस्थामा पनि सहमति जुटाएको छ । राष्ट्रिय सभाले भ्रष्टाचार निवारण ऐनमा अख्तियारलाई बैंक, वित्तीय संस्था, बिमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक ...
विश्वविद्यालयका जिम्मेवारीमा नियुक्तिको आधार : योग्यता कि भागबन्डा भन्ने प्रश्न यसपालि जबर्जस्त बनेको थियो, त्रिवि कार्यकारी परिषद्को शनिबारको बैठकले फेरि सिद्ध गरिदिएको छ– योग्यताको बहस हुँदै गर्छ, तर विश्वविद्यालय चल्ने त दलीय भागबन्डामा नै हो । विश्वविद्यालयका जिम्मेवारीमा दलीय भागबन्डा अति भयो भनेर आलोचनापछि अब योग्यतामा आधारित प्रणाली (मेरिटोक्रेसी) का आधारमा नियुक्ति हुने प्रचलन बस्छ कि भन्ने ...
— पाइलटलाई दृश्यमा सघाउने १३ करोड रुपैयाँको उपकरण जडान भएसँगै अब राजविराज विमानस्थलमा खराब मौसम र रात्रिकालीन समयमा पनि जहाज उडान–अवतरण गराउन मिल्ने भएको छ । राजविराजमा यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी हुँदा मात्रै उडान हुने गरेको थियो । अब न्यूनतम २ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा पनि जहाज अवतरण गर्न सकिनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २ ...