मुख्य समाचार
एसीसी महिला यू–१९ एसिया कपमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने
एसीसी महिला यू–१९ एसिया कपमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने

— नेपाल र भारतबीच एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको मंगलबारको खेल वर्षाका कारण रद्द भएको छ । यसअघि नै यी दुई टोली मलेसियामा भइरहेको प्रतियोगिताको ‘सुपर फोर’ मा पुगिसकेका थिए । नेपाल र भारत दुवैले समूह ‘ए’ को खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।


भारतले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९४ रन बनाएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्दै ३ चौका प्रहार गरिन् । एलिसा यादवले ९ बल खेलेर ४ चौकासहित अविजित २० रन बनाइन् । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।


सना प्रविन ९, सावित्री धामी ३, सोनी पाख्रिन ८, ज्योत्स्निका मरासिनी ६, सीमाना केसी शून्य, अनु कडायत र कुसुम गोदार समान १ रनमा आउट भए ।

रिया शर्मा ३ रनमा अविजित रहिन् । भारतकी पारुनिका सिसोडिआले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन् । भारतले ३.१ ओभरमा विनाक्षति २८ रन बनाएको अवस्थामा वर्षाले खेल बिथोलिएको थियो । नेपालले ‘सुपर फोर’ मा बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...