मुख्य समाचार
एसीसी महिला यू–१९ एसिया कपमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने
एसीसी महिला यू–१९ एसिया कपमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने

— नेपाल र भारतबीच एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको मंगलबारको खेल वर्षाका कारण रद्द भएको छ । यसअघि नै यी दुई टोली मलेसियामा भइरहेको प्रतियोगिताको ‘सुपर फोर’ मा पुगिसकेका थिए । नेपाल र भारत दुवैले समूह ‘ए’ को खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।


भारतले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९४ रन बनाएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्दै ३ चौका प्रहार गरिन् । एलिसा यादवले ९ बल खेलेर ४ चौकासहित अविजित २० रन बनाइन् । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।


सना प्रविन ९, सावित्री धामी ३, सोनी पाख्रिन ८, ज्योत्स्निका मरासिनी ६, सीमाना केसी शून्य, अनु कडायत र कुसुम गोदार समान १ रनमा आउट भए ।

रिया शर्मा ३ रनमा अविजित रहिन् । भारतकी पारुनिका सिसोडिआले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन् । भारतले ३.१ ओभरमा विनाक्षति २८ रन बनाएको अवस्थामा वर्षाले खेल बिथोलिएको थियो । नेपालले ‘सुपर फोर’ मा बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...