मुख्य समाचार
दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

— देउखुरीमा स्कुल बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका-८, बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक बिजौरीका २० वर्षीय किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।




निजी विद्यालयको रा१क १४१८ नम्बरको बसले रा५प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् । उक्त सडक खण्डमा सोमबार बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो । करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्शदाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखेका हुन्। देउवाले नेपालको संविधान र कानूनमा समानताको विषय ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, 'नगर ...
: गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको बताएका छन्। बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताएका हुन्। भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए। 'जिल्ला प्रशासन कार्यालयबाट पाउने ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् । 'राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको ...