मुख्य समाचार
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

: नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ।



चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेन्केस्टीनले १६ र सरद भेषावकरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिँदा विपिन शर्माले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए।

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए।

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए। चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए। पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए।

त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे। चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम