मुख्य समाचार
जातीय उत्पीडनको काँडा निकाल्न सरकार लागि परेको छ : प्रधानमन्त्री
जातीय उत्पीडनको काँडा निकाल्न सरकार लागि परेको छ : प्रधानमन्त्री

: प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताएका हुन्।

असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए। ‘मान्छे एउटै हो। जन्मदै कोही पनि श्रेष्ठ हुँदैन। जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन। सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन।’ प्रधानमन्त्री ओलीले भने,‘हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातपात भन्ने नचाहिने कुरा हो। यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ।’

स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार


एमाले अध्यक्षसमेत रहेका ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताए। ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ। हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन्। सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्।’, प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएका छन्। ’null

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो । करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्शदाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखेका हुन्। देउवाले नेपालको संविधान र कानूनमा समानताको विषय ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, 'नगर ...
: गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको बताएका छन्। बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताएका हुन्। भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए। 'जिल्ला प्रशासन कार्यालयबाट पाउने ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् । 'राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको ...