मुख्य समाचार
ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने : तपाईंहरूले गरिबका टमाटर फालेको देखेको छैन
ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने : तपाईंहरूले गरिबका टमाटर फालेको देखेको छैन

— प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् ।




'राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको सेवक हुँ, देश र जनताको संवर्द्धन गर्ने काम म छाड्दिनँ भन्ने भावना हुनुपर्छ । जनप्रतिनिधि होस् वा कर्मचारी हुन् हाकिम हुँ भन्ने प्रवृत्ति हुनु हुँदैन । घमण्ड हुनु हुँदैन । मस्तिष्कमा घमण्ड पसेपछि राम्रो चिज केही पनि पस्न पाउँदैन,' प्रधानमन्त्री ओलीले भने ।


त्यस्तै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरीको कामको समेत प्रशंसा गरे । कार्यक्रममा ललितपुर नगर प्रहरी सम्मानित भएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले कहिल्यै पनि जनतालाई दु:ख दिने काम गर्न नहुने बताए । 'ललितपुर नगरी प्रहरीले गुर्र जिपमा कुदेर अर्कै लोकको केही आएझैं कुदेर आयो, झ्याप्प गाडी रोकेर गन्द्र्याङगन्द्र्याङ फाल हानेर पिरपिर सिट्ठी बजाउँदै आतंक छाउँदै यता फाल्दै उता फाल्दै ठेला फाल्दै अर्को चिज गर्दै गरिबका तरकारी टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन । म ललितपुर नगर प्रहरीलाई धन्यवाद दिन चाहन्छु । तपाईंहरू आतंकको पर्याय होइन । तपाईंहरूबाट जनताले सुरक्षित महसुस गर्नुपर्दछ । तपाईंहरूलाई देख्दा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ । लौ आयो कता भागौँ भन्ने स्थिति हुनुहुन्न,' प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकार अभिभावकजस्तो भएर प्रस्तुत भएको पनि बताए । उनले भने, 'सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने त्यस्तो सरकार बनेको छ अहिले । पहिलेको जस्तो कर उठाउनका लागि मात्र होइन । सरकारका सबै तहहरू जनताको सेवाका लागि बनेका छन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो । करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्शदाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखेका हुन्। देउवाले नेपालको संविधान र कानूनमा समानताको विषय ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, 'नगर ...
: गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको बताएका छन्। बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताएका हुन्। भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए। 'जिल्ला प्रशासन कार्यालयबाट पाउने ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताएका हुन्। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही ...