मुख्य समाचार
सबै तहका सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री
सबै तहका सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री

— प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।




ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री ओलीले भने, 'नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनुहुँदैन । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नुहुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।'

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योग सञ्चालनमा आएका बताए ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए । उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरेका थिए ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर संकलनका लागि मोबाइल एप्सको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो । करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्शदाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखेका हुन्। देउवाले नेपालको संविधान र कानूनमा समानताको विषय ...
: गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको बताएका छन्। बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताएका हुन्। भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए। 'जिल्ला प्रशासन कार्यालयबाट पाउने ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् । 'राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताएका हुन्। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही ...