मुख्य समाचार
नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने
नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने

— नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो ।




क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ पाउनेछ ।


८ टिम सहभागी पहिलो संस्करणको एनपीएलको प्लेअफमा पुग्ने ४ टिमको टुंगो लागिसकेको छ । प्लेअफमा पुग्ने टोलीमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन् ।

लिग चरणको खेल सकिएसँगै अब इलिमिनेटर र क्वालिफायर चरणको खेल हुनेछ । पुस ६ मा हुने फाइनलले ऐतिहासिक एनपीएल च्याम्पियनको छिनोफानो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्। उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार ...
: ऐतिहासिक पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहीबार गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ। आठ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहीबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ। नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो। ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई बिहीबार बिहान ९ बजे ...
: चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ। आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो। हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि ओपनर ...
। भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो । गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु ...
। स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराएको हो । घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाले खेलभर दबदबा कायम राख्दै डर्टमुन्डलाई कुनै मौका दिएन। खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले पहिलो गोल गर्दै ...