मुख्य समाचार
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरे
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरे

। प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् ।

‘समस्या भएर होइन नियमित परीक्षण हो । मिर्गौला प्रत्यारोपण अगाडि इन्डोस्कोपी गरिएको थियो’ डा. शाहले अनलाइनखबरसँग भनिन्, ‘इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएन ।’




शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यो उपकरणमा लामो, पातलो लचिलो ट्युब हुन्छ । उक्त ट्युबमा प्रकाश र क्यामेरा जडान हुन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रुपमा मोनिटरमा हेर्न सकिन्छ ।

‘उहाँ बिहान ९ बजे आउनु भएको थियो । केहीबेरमा जाँच गरेर फर्किनुभयो’ डा. शाहले भनिन् ।



इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन् ।

इन्डोस्कोपी गर्दा अस्पतालमा डा शाहसँगै डा. राजीव पाठक, डा. सुवास आचार्य लगायतको टोली संलग्न थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...