— अंश र चेक अनादर मुद्दामा जिल्ला अदालतबाट जरिवाना भई फरार भएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०८० साल भदौ ३० गतेको अदालतको अंश मुद्दामा ८ हजार ९ सय १६ रुपैयाँ जरिवाना भई फरार रहेका गुलरिया नगरपालिका–४ कि ६६ वर्षया महिनी थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्ला अदालतको फैसलाले चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी गुलरिया–११ लालपुरका ५० वर्षीय दयाराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले पक्राउ परेका थारु र यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा दाखिला गरेको जनाए ।
दुबै जनालाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको उनले बताए ।