मुख्य समाचार
सभापति खतिवडालाई थानीले भने - माथिबाट दबाब आउनसक्छ, दह्रो खुट्टा टेक्नुस्
सभापति खतिवडालाई थानीले भने - माथिबाट दबाब आउनसक्छ, दह्रो खुट्टा टेक्नुस्

— प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनसन्धान आयोगसँग सम्बन्धित र भ्रष्टाचार निवारण ऐन संशोधनसँग सम्बन्धित विधेयक टुंगो लगाउन गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक एवं कांग्रेस सांसद हृदयराम थानीले समिति सभापति रामहरि खतिवडालाई बुझाएका हुन् ।




राज्यव्यवस्था समितिको बुधबारको बैठकमा उपसमिति संयोजक थानीले समिति सभापति खतिवडालाई प्रतिवेदन बुझाएका हुन् । उपसमितिले तयार पारेका भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटेको सहमतिका आधारमा तयार पारिएका प्रतिवेदन बुझाएको हो ।


प्रतिवेदन बुझाउने क्रममा उपसमिति संयोजक थानीले कानुनमा गरिएका संशोधनलाई समितिबाट पारित गराउनका लागि दह्रो रुपमा प्रस्तुत हुन सभापति खतिवडालाई सुझाए । विधेयकमा संशोधन गरेर राखिएका नयाँ व्यवस्थाले दबाब आउने र ती दबाबलाई वास्ता नगरी अगाडि बढ्नुपर्ने थानीको भनाइ थियो ।

'म सभापतिलाई आग्रह गर्न चाहन्छु, यस्ता विधेयक आउँदा अवश्य पनि दबाब आउँछ । यो गर्न हुन्छ, यो गर्न हुन्न भन्ने कुरा माथिल्लै तहदेखि दबाब पनि आउन सक्छ,' थानीले भने, 'म उपसमितिको संयोजकका हैसियतले धेरै मिहिनेत गरेका कारणले सभापतिलाई भन्न चाहन्छु तपाईंले उपसमितिले गरेको निर्णय लाई दह्रो खुट्टा टेकेर यसलाई नै समितिबाट पास गराउनुहुनेछ ।'

अख्तियार दुरुपयोग ऐनमा मन्त्रिपरिषद्बाट हुने निर्णयमाथि अनुसन्धान हुनसक्ने व्यवस्था राखिएको थानीले बताए । संशोधनमार्फत मुलुकमा हुने भ्रष्टाचार नियन्त्रणका लागि कडा व्यवस्था गरिएको उनको भनाइ थियो । 'मन्त्रिपरिषद्मा गर्ने निर्णयहरू जनताको हितमा भएनन् कि भनेर जनताले प्रश्न उठाइरहेको अवस्था थियो त्यसलाई अख्तियारको दायरामा ल्याउने प्रयत्न गरेका छौं,' उनले भने, 'विदेशमा गएर घुसको लेनदेन भइरहेको अवस्थामा त्यसलाई पनि अनुसन्धान गर्न नवीन प्रविधिको प्रयोग गर्ने जिम्मा अख्तियारलाई दिएका छौं । यस्ता महत्त्वपूर्ण कुराहरू पास गरेका छौं ।'

विधेयकमा गरिएका व्यवस्थामाथि समितिमा छलफल हुने भएकाले उपसमितिले सर्वसम्मतिले पास गरेका प्रतिवेदन नै अगाडि बढाउनुपर्ने थानीको जोड थियो ।

अख्तियारमा कसैविरुद्ध उजुरी दायर गर्ने व्यक्तिले नै प्रमाण देखाउनुपर्ने व्यवस्थालाई संशोधन गरी जसविरुद्ध उजुरी परेको हो उसैले आफ्न सम्पत्ति गैरकानुनी नरहेको भनी पुष्टि गर्ने व्यवस्था स्मरण गर्दै आगामी दिनमा पनि समिति सभापतिले दह्रो भएर उभिनुपर्ने थानीको भनाइ थियो । २०५९ मा राज्यव्यवस्था समिति सभापतिका रूपमा गरेको काम स्मरण गर्दै सभापति थानीले भने, 'त्यो ऐनको विशेष व्यवस्था के थियो भने जसले उजुरी हाल्यो उसैले त्यो सम्पत्तिको विवरण बढी छ भन्ने देखाउनुपर्ने व्यवस्था थियो । त्यसलाई आमूल परिवर्तन गरेर जसलाई उजुरी पर्‍यो उसैले नै आफ्नो सम्पत्तिको फाँटवारी दिने व्यवस्था मिलाएका हौं । त्यो क्रान्तिकारी निर्णय थियो ।'




अहिले पनि ऐनमा राम्रो व्यवस्था स्थापना र सुशासनका लागि संशोधनमार्फत नयाँ व्यवस्था गरिएकाले तिनका पक्षमा उभिन सभापति खतिवडालाई थानीले आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...