मुख्य समाचार
जर्मनीका राष्ट्रपतिसमक्ष नेपालका राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र
जर्मनीका राष्ट्रपतिसमक्ष नेपालका राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र

— जर्मनीका राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरलाई नेपाली राजदूत शैल रूपाखेतीले बुधबार स्लोस बेल्भेउमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।




प्रमाणपत्र प्रस्तुत गरेसँगै जर्मनीका राष्ट्रपति राजदूत रूपाखेतीबीच शिष्टाचार भेट भएको थियो । जर्मनस्थित राजदूतावासका अनुसार भेटका क्रममा, राष्ट्रपति स्टाइनमायरसमक्ष रुपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका सन्देशहरू प्रवाह गरेका थिए । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने प्रतिबद्धता रुपाखेतीले व्यक्त गरेका थिए ।


जर्मन राष्ट्रपतिको जिज्ञासामा प्रतिक्रिया दिँदै रूपाखेतीले नेपालको हालको राजनीतिक विकास, भूराजनीति, र नेपाल सरकारको प्राथमिकताहरूको बारेमा जानकारी गराएको जर्मनस्थित नेपाली दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ । उनले दिगो र समावेशी सामाजिक-आर्थिक रूपान्तरणको लागि नेपाललाई जर्मनी सरकारले निरन्तर सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

जर्मनीका राष्ट्रपतिले नेपाल र जर्मनीबीचको उत्कृष्ट सम्बन्धको प्रशंसा गरेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत रुपाखेतीसमक्ष राष्ट्रपतिले २०२४ जुन १७ मा स्लोस बेल्भेउमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको द्विपक्षीय भेटवार्ताको पनि स्मरण गरेका थिए । भेटमा राजदूत रुपाखेतीले राष्ट्रपतिलाई नेपाल भ्रमणको आधिकारिक निमन्त्रणा दिएको र त्यसका लागि राष्ट्रपतिले धन्यवादसमेत व्यक्त गरेका छन् ।

समारोहमा जर्मनी सरकारका उच्च पदाधिकारीहरू पनि उपस्थिति रहेको थियो । समारोहमा रूपाखेतीलाई उनकी पत्नी इन्दिरा पौड्याल र नेपाल दूतावासका तेस्रो सचिव चुमन सिंह केसीले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...