मुख्य समाचार
सरकारले जनताको अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह
सरकारले जनताको अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले मुलुकमा राजनीतिक स्थायित्वसँगै जनताको अवस्थामा सुधार ल्याउने कार्यमा सरकार लागिरहेको बताएका हुन् ।




मुलुकको विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने र जनताले पनि आवाज उठाइरहनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 'राजनीतिक स्थायित्व दिनका लागि यो सरकार बनेको हो । अहिले हामीले जनताको अवस्था जस्तोसुकै भए पनि यसमा सुधार ल्याउनका लागि सरकारबाट प्रयास भइरहेको छ,' उनले भने, 'विकास निर्माणको कार्यमा जनतादेखि सबै दल र तीनवटै तहका सरकार मिलेर लाग्दा राम्रो हुन्छ ।'


जनप्रतिनिधिले मात्रै चाहेर विकास निर्माणका कार्य सम्पन्न नहुने भएकाले तीनवटै तहका सरकार, जनप्रतिनिधि र जनता मिलेर अघि बढ्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । निर्वाचनका बेला आ-आफ्ना एजेन्डा लिएर प्रतिस्पर्धामा गए पनि पदमा निर्वाचित भइसकेपछि सबै जनताका लागि काम गर्नुपर्ने उनको आग्रह थियो । उनको भनाइ थियो, 'जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि स्थानीय बासिन्दाको महत्त्वपूर्ण भूमिका रहन्छ ।'

पछिल्लो समय मुलुकमा विकास नभएको भन्ने भाष्यमा सत्यता नभएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । २०४६ सालपछिको राजनीतिक परिवर्तनसँगै मुलुकमा विकासको कार्य अगाडि बढेको उनले बताए । मुलुकमा पछिल्लो समय विकास निर्माणका कार्य जनताले चाहेको मात्रामा नभए पनि क्रमशः विकास भने भइरहेको उनको भनाइ थियो । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने कुरामा सत्यता नभएको उनले बताए ।

उपप्रधानमन्त्री सिंहले गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरी-चित्लाङ सडकको अवलोकन पनि गरेका थिए । सडक निर्माण कार्य सुरु भएको लामो समयसम्म सम्पन्न नभएको भन्दै उनले त्यसका लागि आफूले पहल थाल्ने बताए । 'यो राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग मात्र नभएर वाग्मती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएकाले यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,' उनले भने ।

कांग्रेस वाग्मती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...