मुख्य समाचार
नेपालमा पुनः मंकीपक्स संक्रमण देखिए
नेपालमा पुनः मंकीपक्स संक्रमण देखिए

— नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।




'साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो', उनले भने, 'अहिले उनको अवस्था सामान्य छ ।' उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।


दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो । उनले मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विश्वभरका लाखौं महिलाले प्रयोग गर्ने हेयर एक्सटेंशनमा यस्ता रसायनहरू हुन सक्छन्, जसले ब्रेस्ट क्यान्सर, हर्मोनको गडबडी र प्रजननसँग सम्बन्धित समस्या निम्त्याउन सक्छन् । यो दाबी हालसम्म गरिएको सबैभन्दा ठूलो अध्ययनमध्ये एकमा गरिएको हो। वैज्ञानिकहरूले सिंथेटिक र प्राकृतिक दुवै प्रकारका कपालबाट बनेका विभिन्न उत्पादनहरू–जस्तै विग, ब्रेडिङ हेयर, वीभ्स र क्लिप–इन एक्सटेंशनको परीक्षण गरेका थिए । करिब ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ । बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो । त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी हार्डवेयरलाई पनि २० हजार रुपैयाँ जरिबाना ...
: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...
— सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगीकाे उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए । 'सचेतना कार्यक्रमका कारण ...
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन