मुख्य समाचार
निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारी
निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारी

— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ ।




एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा छ भने माओवादीले संसद्मा‌ प्रमुख प्रतिपक्षको सशक्त भूमिका र संगठन निर्माणको प्रस्ताव तयार गर्दैछ ।


एमालेभित्र सरकारले अपेक्षित काम गर्न नसकेको चर्चा हुन थालेको छ । सरकारको काम प्रभावकारी बनाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेतासँग छलफल जारी राखे पनि परिणाम आउन सकेको छैन ।

राजनीतिक दलहरुले आगामी निर्वाचनलाई लक्षित गरी कार्यक्रम बनाउन केन्द्रीय कमिटी बैठक गर्दैछन् । पुराना दललाई नयाँ उदाएका दलको दबाब पार्न थालेपछि उनीहरु तीन वर्षअघि नै बैठक गरी निर्वाचनकेन्द्रित कार्यक्रम गरी मतदातासमक्ष पुग्ने तयारी गरेका छन् । पुराना दलप्रति मतदाताको ठूलो गुनासो आइरहेका बेला उनीहरु घरदैलोमा पुगेर आफ्ना कुरा बताउने गरी कार्यक्रम तयार गर्न लागेको नेताले बताएका छन् ।

यही साता एमालेले दुई दिन राष्ट्रिय कार्यशाला गरी वडा तहसम्म पुग्ने संकल्प गरेको छ । त्यही कार्यक्रमलाई अनुमोदन र थप योजना बनाउन केन्द्रीय समिति बैठक गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘केन्द्रीय कमिटीले मिसन ०८४ लाई सफल बनाउने गरी थप कार्यायोजना बनाउने छ’, उनले भने, ‘अहिले त्यसको तयारी हुँदैछ ।’ उनले केन्द्रीय कमिटी बस्नुअघि सचिवालय र त्यसपछि स्थायी समिति बैठक गरी प्रस्ताव तयार गरिने बताए ।

स्थानीय तहको उपनिर्वाचनमा एमालेले अपेक्षित नतिजा नल्याएपछि त्यसको गम्भीर समीक्षा गरी कार्यक्रम बनाउने निर्णय यसअघि सचिवालय बैठकले गरिसकेको छ । उपनिर्वाचनमा माओवादीभन्दा पछि परेपछि एमालेले संगठन विभाग प्रमुखले दुई दिने कार्यशाला गरी सबै पालिकासम्म तीन महिने अभियान चलाउने संकल्प प्रस्ताव पारित गरेको छ ।

कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गरी निष्क्रिय सदस्यहरुको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो । हाल तीन लाख संगठित सदस्य भएकोले त्यसलाई बढाउने गरी कार्यक्रम तय गरेको छ । ‘युवाहरुलाई नयाँ सदस्य बनाउने र पुरानालाई सक्रिय बनाउने मुख्य नीति छ,’ गौतमले भने, ‘त्यहीअनुसार सदस्यता नवीकरण अभियानको रुपमा चलाइने छ ।’




माओवादीको केन्द्रीय समिति बैठक नबसेको माघमा एक वर्ष पुग्दैछ । फागुनमा विधान सम्मेलन गरेको माओवादीले त्यसयता पदाधिकारी, स्थायी कमिटी बैठक गरी आवश्यक निर्णय गर्दै आएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल केन्द्रीय समितिका लागि राजनीतिक प्रतिवेदन लेख्न सुरु गरेका छन् । स्वकीयसचिव रमेश मल्लले पुस २१ देखि सुरु हुने केन्द्रीय समितिमा प्रस्तुत हुने प्रतिवेदन लेख्न सुरु भएको जानकारी दिए ।

‘यो केन्द्रीय समितिले संगठन सुदृढीकरणमा कार्यदिशा बनाएर कार्यक्रम बनाउनेछ,’ माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘माओवादी सत्तातिर होइन, जनतातिर फर्कनुपर्छ भन्ने मुख्य नीति हो ।’

स्थानीय तह उपनिर्वाचनमा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी चार सिट बनाएपछि उत्साहित भएको माओवादीले केन्द्रीय समितिले मुख्यगरी मतदाताकेन्द्रित कार्यक्रम बनाउने तयारी गरेको छ । यो उपनिर्वाचनमा माओवादीले ११ सिट जितेको छ ।

कांग्रेस-एमाले गठबन्धन बनेपछि संघ र प्रदेश सरकारबाट बाहिरिएको माओवादीले आफूले नेतृत्व गरेको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई पुनः कार्यक्रम बनाउने तयारी छ । ‘माओवादी सुशासन, भ्रष्टाचारविरुद्ध छ भन्ने कुरा जनतासमक्ष थप सन्देश लिएर जान्छौं,’ सापकोटाले भने ।

माओवादी केन्द्रीय समितिमा पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थापन गर्न छलफल सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व हस्तान्तरण, कार्यशैली रुपान्तरण हुनुपर्ने भन्दै उपमहासचिव जनार्दन शर्माले फरक मत राखेपछि अन्तरसंघर्ष चर्किएको थियो । त्यो अन्तरसंघर्ष अझै व्यवस्थापन भएको छैन । प्रदेश समितिहरुमा उनको फरक मतमाथि बहस भए पनि टुंगोमा पुगेको छैन । ‘आगामी केन्द्रीय समितिमा अन्तरसंघर्ष व्यवस्थापनको विषय पनि प्रमुख छ,’ एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए जवाफमा अध्यक्ष प्रचण्डले भनेका ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन्। अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्। मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए। उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी ...
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताएका छन् । राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व कांग्रेसको रहेको बताए । सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए । ‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे। ओलीले प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए। त्यस क्रममा उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख ...