मुख्य समाचार
हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल
हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल

— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् ।




रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, 'मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो । यसमा सोच्नुपर्छ ।'


ठूलो संख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै दाहालले प्रांगारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राखेका थिए ।

रैथाने एग्री प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले नेपाली खाद्यान्नको विविधता जोगाउन तथा दैनिक उपभोग्यवस्तुमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्न दरबारमार्गमा शनिबारे हाटबजार सञ्चालन गर्दै आएको बताए ।

हाटबजारमा आउने खाद्यन्नलगायत उपभोग्यवस्तु विषादीरहित, स्वच्छ वातावरणमा उत्पादन भएकाले मानव शरीरका लागि स्वास्थ्यकर रहेको उनको भनाइ छ । उक्त संस्थाले विसं २०८० साउन १ गतेदेखि प्रत्येक शनिबार बिहान ७ देखि १२ बजेसम्म हाटबजार सञ्चालन गर्दैआएको छ ।

हाटबजारमा मार्सी धानको चामल, मकै, चिनो, कागुनो, भटमास, कोदो, जौ, जुनेलो, लट्टे, फापर, किबी, कुभिण्डो, सिस्नो, फर्सी, चिया, मह, दूग्धजन्य पदार्थ तथा टोपी र गलबन्दीजस्ता ५० भन्दा बढी जिल्लाका रैथाने उत्पादन बिक्रीका लागि ल्याइने गरेका छन् ।

हाटबजारमा दैनिक करिब सात सय जना उपभोक्ताले अवलोकन गरी आवश्यक सामाग्री खरिद गर्ने तथा उपभोक्ता र उत्पादनकर्ताबीच अनुभव साटासाट गर्ने कार्यसमेत हुँदै आएको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...