मुख्य समाचार
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा २ जनाको मृत्यु, ६८ घाइते
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा २ जनाको मृत्यु, ६८ घाइते

— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ ।


मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । साक्सनी अनहल्ट राज्यका प्रमुख रेइनर हाजेलअफले साउदी अरबका ५० वर्षीय चिकित्सक सन्दिग्ध आक्रमणकारी रहेको जनाएका छन् ।

ती चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षदेखि जर्मनीमा बसिरहेका ती सन्दिग्धसँग स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले आक्रमण नियतवश गराइएको आशंका गरेका छन् । उनी हालसम्म भने कुनै इस्लामिक अतिवादी समूहमा संलग्न नभएको प्रहरीले जनाएको छ ।

प्रतिआतङ्कवादसम्बन्धी एक विज्ञले भने उक्त घटनामा ठूलो सञ्जालको संलग्नता नरहेको ठोकुवा गरिहाल्न छिटो हुने बताएका छन् । युरोपमा यसअघि अल-कायदा वा इस्लामिक स्टेट समूहबाट प्रभावित युवाहरूले यस्ता आक्रमण गर्ने गरेका थिए ।

जर्मन चान्सलर ओलाफ सोल्ज शनिबार घटनास्थल जाने बताइएको छ । साउदी अरबको विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

जर्मनीमा क्रिसमसको मेलामा गाडीको हमलाबाट मानिसहरूको मृत्यु भएको यो पहिलोपटक होइन । आठ वर्षअघि कट्टरपन्थी सम्बद्धता भएका एक जना व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गराएको आक्रमणमा १२ जनाको ज्यान गएको थियो । जर्मनीमा शरण पाउन विफल भएका ती व्यक्तिले गराएको आक्रमणमा ४९ जना घाइते भएका थिए ।




सन् २०१८ मा फ्रान्सको स्ट्रासबर्गको क्रिसमस बजारमा एक बन्दुकधारीले गरेको आक्रमणमा ५ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २०१६ मा फ्रान्स निस सहरमा आयोजित बास्टिल डे समारोहमा लरी ठोक्काइएको थियो । उक्त घटनामा ८६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त गरेको छ। मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा ...
: बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा गरेको छ। अब भारतीय आर्थिक क्षेत्रको सट्टा रक्षा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिएको छ। बीबीसी बंगलाका अनुसार बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा) का कार्यकारी अध्यक्ष चौधरी आशिक महमुद बिन हारुनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। समाचार एजेन्सी बीएसएसका अनुसार पत्रकार सम्मेलनमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् । ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले ...
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् । पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि ...
मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ । विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ । पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम