मुख्य समाचार
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा २ जनाको मृत्यु, ६८ घाइते
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा २ जनाको मृत्यु, ६८ घाइते

— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ ।


मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । साक्सनी अनहल्ट राज्यका प्रमुख रेइनर हाजेलअफले साउदी अरबका ५० वर्षीय चिकित्सक सन्दिग्ध आक्रमणकारी रहेको जनाएका छन् ।

ती चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षदेखि जर्मनीमा बसिरहेका ती सन्दिग्धसँग स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले आक्रमण नियतवश गराइएको आशंका गरेका छन् । उनी हालसम्म भने कुनै इस्लामिक अतिवादी समूहमा संलग्न नभएको प्रहरीले जनाएको छ ।

प्रतिआतङ्कवादसम्बन्धी एक विज्ञले भने उक्त घटनामा ठूलो सञ्जालको संलग्नता नरहेको ठोकुवा गरिहाल्न छिटो हुने बताएका छन् । युरोपमा यसअघि अल-कायदा वा इस्लामिक स्टेट समूहबाट प्रभावित युवाहरूले यस्ता आक्रमण गर्ने गरेका थिए ।

जर्मन चान्सलर ओलाफ सोल्ज शनिबार घटनास्थल जाने बताइएको छ । साउदी अरबको विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

जर्मनीमा क्रिसमसको मेलामा गाडीको हमलाबाट मानिसहरूको मृत्यु भएको यो पहिलोपटक होइन । आठ वर्षअघि कट्टरपन्थी सम्बद्धता भएका एक जना व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गराएको आक्रमणमा १२ जनाको ज्यान गएको थियो । जर्मनीमा शरण पाउन विफल भएका ती व्यक्तिले गराएको आक्रमणमा ४९ जना घाइते भएका थिए ।




सन् २०१८ मा फ्रान्सको स्ट्रासबर्गको क्रिसमस बजारमा एक बन्दुकधारीले गरेको आक्रमणमा ५ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २०१६ मा फ्रान्स निस सहरमा आयोजित बास्टिल डे समारोहमा लरी ठोक्काइएको थियो । उक्त घटनामा ८६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...