मुख्य समाचार
नेपाल जस्ता मुलुकलाई कार्वन व्यापार छलछाम हो : वाग्ले
नेपाल जस्ता मुलुकलाई कार्वन व्यापार छलछाम हो : वाग्ले

— नेपालजस्ता मुलुकहरुका लागि कार्वन व्यापार विकसित राष्ट्रहरुको छलछाममात्र भएको काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा शुक्रबार वाग्लेले यस्तो बताएका हुन् ।




काठमाडौं विश्वविद्यालय अन्तरगतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनमा वाग्लेले कार्वन व्यापार सम्बन्धमा बनेको अन्तर्राष्ट्रिय कानुन र संरचना नेपाल जस्ता कार्वन उत्पादन नगर्ने मुलुकहरुको हितमा नभएको उनले बताए । ‘अहिले कार्वन व्यापारको अन्तर्राष्ट्रिय नियमकानुन र संचरना विकसित एवं औद्योगिक संरचना भएका मुलुकहरुलाई राष्ट्रहरुलाई निरन्तर प्रदुषण गरिहने र उनीहरुको आर्थिक वृद्धिको स्वार्थमात्र पूर्ति गर्ने खालको रहेको छ,’ उनले भने, ‘विकसित मुलुकहरुले कार्वन व्यापारको अन्तर्राष्ट्रिय कानुनी संरचना र गणनाको सुत्रलाई आमुल रुपले परिवर्तन गर्नुपर्छ नत्र नेपाल जस्तो मुलुक कार्वन व्यापारको जालझेलमा पस्नु हुँदैन ।’


सम्मेलनमा वाग्लेले नेपाल र भारतबीचको शैक्षिक तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । उनले यो सम्मेलनलाई ‘ट्र्याक टु डिप्लोमेसी’ को उदाहरणका रूपमा व्याख्या गर्दै, शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्यांकको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गरे । नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औंल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे ।

जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता वाग्लेले औंल्याए । हिमालहरूको पग्लनु केवल नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताए । ‘हरित र दिगो विकासका अवधारणाहरूको लागि सहकार्य अपरिहार्य भएको छ,’ उनले भने, ’युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...