मुख्य समाचार
बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी
बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

— बहुदरमाई नगरपालिकामा विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका छन् ।




कार्यालयको ताला तोडी कुर्सी र टेबल बाहिर रोडमा ल्याएर आगजनी गरेका छन् । स्थानीय रोहित कुमारका अनुसार लेखा शाखा शाखाबाहेक हरेक शाखाको टेबल, कुर्सी र दराज तोडफोड भएको छ । कागजपत्रहरु भुईमा छरिएका छन् ।


घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ, अनुसन्धान हुँदैछ ।’

साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।

विगत ६ महिनादेखि नगरपालिकामा रहेको १८ वटा सामुदायिक विद्यालयका एक सय ९० शिक्षक, ९ वटा स्वास्थ्य चौकीका ४७ जना स्वास्थ्यकर्मी र नगरपालिकामा कार्यरत ७५ जना कर्मचारीले तलब भत्ता पाएका छैनन् । नगरपालिकाका अनुसार शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको तलबमा मात्र मासिक करिब एक करोड १८ लाख रुपैयाँ निकासा हुने गरेको थियो ।

बजेट निकासा नहुँदा बर्थिङ सेन्टरमा उपचारका लागि आउने गर्भवती र सुत्केरी महिलाहरु सरकारी सुविधाबाट बञ्चित बनेका छन् । बर्थिङ सेन्टरमा नियमित चेकजाँचका लागि आउने गर्भवती महिलालाई आठ सय रुपैयाँ सरकारले वितरण गर्ने गरेको छ ।

यसैगरि बर्थिङ सेन्टरमै बच्चा जन्माउने महिलालाई यातायात शुल्कको रुपमा एक हजार रुपैयाँ दिने गरिएको छ । बहुदरमाई नगरपालिकाको वडा नं. ४ बहुअरी र वडा नं. ९ विश्रामपुरमा दुईवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।




बहुदरमाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश यादवले मेयर सिंघासन साह तेलीले बजेट प्रमाणिकरण नगर्दा विकास निर्माणको काम समेत ठप्प बनेको बताए । दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका यादवका अनुसार समयमै बजेट निकासा भएको भए हालसम्म नगरपालिका भित्रको आधा जति विकास निर्माणको काम सम्पन्न भइसकेको हुन्थ्यो ।

नगर प्रमुख सिंघासन साह तेलीले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम असार १० सम्ममा अगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, बहुदरमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिना पछि गत कात्तिक ८ गते ११ औँ नगरसभामा प्रस्तुत भएको थियो । तर, नगरसभा सम्पन्न भएको करिब दुई महिना पुग्ने लाग्दा पनि मेयरले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...