मुख्य समाचार
ट्रम्पसँग जुनसुकै बेला वार्ता गर्न पुटिन तयार
ट्रम्पसँग जुनसुकै बेला वार्ता गर्न पुटिन तयार

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।




राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ट्रम्पले युक्रेनलाई मस्कोका लागि अनुकूल सर्तबारे शान्ति सम्झौताका लागि बाध्य पार्ने ठानिएको छ ।


वार्षिक पत्रकार सम्मेलनका क्रममा बिहीबार पुटिनले आगामी राष्ट्रपतिसँगको भेटलाई स्वागत गर्ने बताएका हुन् । 'मलाई थाहा छैन, म उहाँलाई कहिले भेट्न जाँदैछु । यसबारे ट्रम्पको भनाइ सार्वजनिक भएको पनि छैन । मैले उहाँसँग चार वर्ष भन्दा लामो समयदेखि कुरा गरेको पनि छैन । तर म यसका लागि कुनै पनि समय तयार छु,' पुटिनले भनेका छन् ।

ट्रम्पसँग छलफल गर्नका लागि रुस-युक्रेन युद्ध मात्र नभइ धेरै विषयहरू रहेको पुटिनको भनाइ छ । पुटिनले युक्रेन युद्धमा रुसी सेनाले विजय प्राप्त गरिरहेको दाबी गरेका छन् । तर रुसी सेनाले दक्षिणपश्चिमी कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई परास्त गर्न कति समय लाग्छ भन्ने विषयमा आफूले भन्न नसक्ने उनको भनाइ छ ।

सिरियाको भूभाग कब्जा गर्ने इजरायली कदमको भने पुटिनले कडा शब्दमा निन्दा गरेका छन् । इजरायलले छिटै सिरिया छाड्ने आशा गरेको उनको भनाइ छ । पुटिनले टर्की र कुर्दिस लडाकुहरूबीच थप तनाव नहुने आशा व्यक्त गरेका छन् । 'यो टर्कीका लागि गम्भीर समस्या हो,' उनले भने, 'कुर्दिश समस्या समाधान गर्नुपर्छ ।'

पुटिनले रुसी राजधानी मस्कोमा एक वरिष्ठ जर्नेलको हत्या भएकोमा आफ्ना शक्तिशाली सुरक्षा एजेन्सीहरूको असफलता भएको स्वीकार गरेका छन् । रुसी सेनाको रासायनिक हतियार इकाई प्रमुख इगोर किरिलोभ मंगलबार मस्कोमा स्कुटरमा राखिएको बम विस्फोटमा मारिएका थिए । उनको हत्याको युक्रेनले जिम्मा लिएको छ । यो दुई देशबीच द्वन्द्व सुरु भएयता युक्रेनले गरेको सबैभन्दा घातक आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...