मुख्य समाचार
ट्रम्पसँग जुनसुकै बेला वार्ता गर्न पुटिन तयार
ट्रम्पसँग जुनसुकै बेला वार्ता गर्न पुटिन तयार

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।




राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ट्रम्पले युक्रेनलाई मस्कोका लागि अनुकूल सर्तबारे शान्ति सम्झौताका लागि बाध्य पार्ने ठानिएको छ ।


वार्षिक पत्रकार सम्मेलनका क्रममा बिहीबार पुटिनले आगामी राष्ट्रपतिसँगको भेटलाई स्वागत गर्ने बताएका हुन् । 'मलाई थाहा छैन, म उहाँलाई कहिले भेट्न जाँदैछु । यसबारे ट्रम्पको भनाइ सार्वजनिक भएको पनि छैन । मैले उहाँसँग चार वर्ष भन्दा लामो समयदेखि कुरा गरेको पनि छैन । तर म यसका लागि कुनै पनि समय तयार छु,' पुटिनले भनेका छन् ।

ट्रम्पसँग छलफल गर्नका लागि रुस-युक्रेन युद्ध मात्र नभइ धेरै विषयहरू रहेको पुटिनको भनाइ छ । पुटिनले युक्रेन युद्धमा रुसी सेनाले विजय प्राप्त गरिरहेको दाबी गरेका छन् । तर रुसी सेनाले दक्षिणपश्चिमी कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई परास्त गर्न कति समय लाग्छ भन्ने विषयमा आफूले भन्न नसक्ने उनको भनाइ छ ।

सिरियाको भूभाग कब्जा गर्ने इजरायली कदमको भने पुटिनले कडा शब्दमा निन्दा गरेका छन् । इजरायलले छिटै सिरिया छाड्ने आशा गरेको उनको भनाइ छ । पुटिनले टर्की र कुर्दिस लडाकुहरूबीच थप तनाव नहुने आशा व्यक्त गरेका छन् । 'यो टर्कीका लागि गम्भीर समस्या हो,' उनले भने, 'कुर्दिश समस्या समाधान गर्नुपर्छ ।'

पुटिनले रुसी राजधानी मस्कोमा एक वरिष्ठ जर्नेलको हत्या भएकोमा आफ्ना शक्तिशाली सुरक्षा एजेन्सीहरूको असफलता भएको स्वीकार गरेका छन् । रुसी सेनाको रासायनिक हतियार इकाई प्रमुख इगोर किरिलोभ मंगलबार मस्कोमा स्कुटरमा राखिएको बम विस्फोटमा मारिएका थिए । उनको हत्याको युक्रेनले जिम्मा लिएको छ । यो दुई देशबीच द्वन्द्व सुरु भएयता युक्रेनले गरेको सबैभन्दा घातक आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम