मुख्य समाचार
कर्मचारीका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद सिंह
कर्मचारीका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद सिंह

— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो ।




प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ताका रुपमा आफ्ना धारणा राख्ने क्रममा सांसद सिंहले निजामती कर्मचारीका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका हुन् । 'कर्मचारी युनियनहरू खारेज गर्नुपर्छ । सरकारको तलब खानेले युनियन बनाउने होइन, यस्तो गर्दा अराजकता हुन्छ,' उनले भने । हुलका हुल कर्मचारी युनियन आएर निर्वाचनमा सहयोग गर्ने भनेर आउने र आफूअनुकूल कानुन निर्माण गर्न लगाउने गरेको पनि उनको भनाइ छ ।


निजामती कर्मचारीलाई युनियन खोल्न दिने भए नेपाली सेना र प्रहरी संगठनहरूमा पनि खोल्ने हुनसक्ने सिंहको भनाइ थियो । सरकारी कर्मचारी नै रहेका सुरक्षा संगठनमा कार्यरतहरूलाई किन युनियन खोल्न नदिने भन्ने प्रश्न उठ्नसक्ने पनि सिंहको तर्क थियो ।

कर्मचारी जुन कार्यालयमा दरबन्दी हो सोही कार्यालयमा काम गर्नैपर्ने कानुनी व्यवस्था राख्नुपर्ने सांसद सिंहको प्रस्ताव छ । कर्मचारीहरूलाई दरबन्दी रहेको जिल्लामा नगएर काजमा काठमाडौंमा बस्ने व्यवस्था राख्न नहुने उनको भनाइ थियो ।

कर्मचारीबाट निवृत्त भएकालाई कुनै पनि संवैधानिक वा सरकारी र विदेशमा नियुक्ति लिनका लागि निश्चित समय राख्नुपर्ने पनि सिंहको भनाइ छ । उनले भने, 'देशमा वा विदेशमा नियुक्ति खानका लागि कर्मचारीको कुलिङ पिरियड हुनुपर्छ । त्यसरी नियुक्ति खानुभयो भने पेन्सन रोकिदिनुपर्छ,' उनले भने ।

कर्मचारी सेवाबाट निवृत्त भएपछि स्वदेशमा नबस्नेलाई पनि पेन्सन दिन नहुने सिंहले प्रस्ताव गरेका छन् । त्यस्तै, सेवानिवृत्त हुने १ वर्ष भन्दा कम समय छ भने माथिल्लो पदमा बढुवा गर्न नहुने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खाडी मुलुकहरूमा रहेका नेपाली श्रमिक मुलुकको लागि शक्ति भएको बताएका छन् । ‘खाडी तथा मलेसियामा कार्यरत नेपाली मुलुकमा नै फर्किने हो । उहाँहरु आफ्नो करार सकिएपछि फर्कनुहुन्छ । त्यहीँ नै स्थायी बसोवास गर्ने होइन,’ उनले भने,‘उहाँहरु फर्कँदा रेमिट्यान्स मात्रै मात्रै नभएर सीप, पुँजी र प्रबिधि पनि ...