मुख्य समाचार
अफगानिस्तानमा बस दुर्घटना, कम्तीमा ५२ जनाको मृत्यु
अफगानिस्तानमा बस दुर्घटना, कम्तीमा ५२ जनाको मृत्यु

— अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।




राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा बताए । 'काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएका छन् । ती घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,' प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।


मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठोकिँदा दुर्घटना भएको हो । त्यस्तै अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए । उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पु¥याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए ।

दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, तीव्र गतिमा गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना बढ्दो छ । गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।

सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...