मुख्य समाचार
ढुंगा लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु
ढुंगा लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु

— सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुंगा लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । ढुंगाले लागेर घाइते भएका स्थानीय ६५ वर्षीया विष्णुमाया बोम्जनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो ।

गत मंसिर २७ गते राति घरनजिकै भएको झै–झगडामा संलग्न व्यक्तिलाई छुट्याउन जाँदा ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुंगाले लागेर टाउकोमा गहिरो चोट लागेको थियो । सोही दिन लालबन्दी–१५ को तल्लो देउरालीमा विवाहको भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबीच विवाद भएपछि वृद्धा विष्णुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुग्दा घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार विवाह भोजबाट फर्किएका वीरबहादुर मदिरा सेवनबाट मात्तिएका थिए । ढुंगा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन् ।

ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइने लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दुर्लभ वन्यजन्तु पाटे बाघलाई मार्न पासो थापेको आरोपमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले एक जनालाई पक्राउ गरेको जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने गत कात्तिक २९ मा पक्राउ परेको निकुञ्जले आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । निकुञ्जले विनयी त्रिवेणीको तीनचुली मध्यवर्ती सामुदायिक वनमा कात्तिक २ ...
— महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवारलाई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उनको आइतबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कारागारका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल ...
— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन् । ‘गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको रहेछ,’ आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘त्यहाँ शिक्षण अस्पताल सञ्चालन गर्न जरुरी छ । म त्यसका लागि पहल गर्छु ।’ सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम ...
— टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको शनिबार अपराह्न मृत्यु भएको छ । स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् । शनिबारको बिदा पारी साथीहरुसँग शिक्षीका र विद्यार्थी ...
— सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले झन्डै डेढ महिना लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको हो । समितिले गएको बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासनमा बुझाएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत रवीन्द्र महतले जानकारी दिए । उनका अनुसार अनुसन्धान प्रतिवेदन ९० पेजको रहेको छ । प्रमुख ...