मुख्य समाचार
इजरायलद्वारा गाजामा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
इजरायलद्वारा गाजामा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

— इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो ।




द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल-अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले जनाएको छ ।


त्यस्तै, आईडीएफले उत्तरी गाजाकै जबालिया क्षेत्रमा पनि आक्रमणमा गरेको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ४ जना बालबालिका छन् ।

आईडीएफले भने हमास लडाकुहरूविरुद्ध आक्रमण गरेको दाबी गरेको छ । आईडीएफले विज्ञप्ती जारी गर्दै विद्यालय परिसरमा रहेको 'कमाण्ड एण्ड कन्ट्रोल कम्प्लेक्स' मा लडाकुहरूविरुद्ध हवाई आक्रमण गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको ...
— अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् । राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा बताए । 'काबुल–कान्दाहार राजमार्गमा ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ...
— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर ...
— अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् । 'मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु', ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक ...