मुख्य समाचार
भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जिते
भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जिते

— भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो ।




मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो ।


बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए । बंगलादेशका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि आयुशी शुक्लाले ३ विकेट लिइन् । त्यस्तै पारुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । भारतका लागि गोंगदी त्रिशाले सर्वाधिक ५२ रन बनाइन् । त्यस्तै मिथिला विनोदले १७ रन बनाइन् । बंगलादेशका लागि फरजाना यास्मिनले ४ विकेट लिइन् । त्यस्ति निशिता अख्तर निशीले २ विकेट लिँदा हबिबा इस्लामले १ विकेट लिइन् ।

प्रतियोगितामा पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको नेपाल भने सुपर-४ बाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ र उसको ३८ अंक मात्रै छ । अब एटलेटिकोले ...
— ग्याब्रिएल जेससले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ । आर्सनलको १७ खेलबाट ३३ अंक छ । लिभरपुलको दुई खेल कम खेलेको छ र ३६ अंक छ । चेल्सी भने ...
— नेपालले वुमेन्स यू-१९ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आइतबार भुटानसँग १-१ को बराबरी खेलेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सुशीला केसीले नेपालका लागि पहिलो गोल गरिन । उनले पेनाल्टी एरिया बाहिरबाट ४७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको हो । तर यो नै निर्णायक भने सावित भएन । भुटानका लागि फुन्ट्सो छोदेनले ८० औं मिनेटमा बराबरी ...
: नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ ...
: नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले ...