— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन् ।
‘गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको रहेछ,’ आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘त्यहाँ शिक्षण अस्पताल सञ्चालन गर्न जरुरी छ । म त्यसका लागि पहल गर्छु ।’
सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै रहेको छ ।