मुख्य समाचार
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते

— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । साक्सनी अनहल्ट राज्यका प्रमुख रेइनर हाजेलअफले साउदी अरबका ५० वर्षीय चिकित्सक सन्दिग्ध आक्रमणकारी रहेको जनाएका छन् ।

ती चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षदेखि जर्मनीमा बसिरहेका ती सन्दिग्धसँग स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले आक्रमण नियतवश गराइएको आशंका गरेका छन् । उनी हालसम्म भने कुनै इस्लामिक अतिवादी समूहमा संलग्न नभएको प्रहरीले जनाएको छ ।

प्रतिआतंकवादसम्बन्धी एक विज्ञले भने उक्त घटनामा ठूलो सञ्जालको संलग्नता नरहेको ठोकुवा गरिहाल्न छिटो हुने बताएका छन् । युरोपमा यसअघि अल–कायदा वा इस्लामिक स्टेट समूहबाट प्रभावित युवाहरूले यस्ता आक्रमण गर्ने गरेका थिए । जर्मन चान्सलर ओलाफ सोल्ज शनिबार घटनास्थल जाने बताइएको छ । साउदी अरबको विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जर्मनीमा क्रिसमसको मेलामा गाडीको हमलाबाट मानिसहरूको मृत्यु भएको यो पहिलो पटक होइन । आठ वर्षअघि कट्टरपन्थी सम्बद्धता भएका एक जना व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गराएको आक्रमणमा १२ जनाको ज्यान गएको थियो । जर्मनीमा शरण पाउन विफल भएका ती व्यक्तिले गराएको आक्रमणमा ४९ जना घाइते भएका थिए ।

सन् २०१८ मा फ्रान्सको स्ट्रासबर्गको क्रिसमस बजारमा एक बन्दुकधारीले गरेको आक्रमणमा ५ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २०१६ मा फ्रान्स निस सहरमा आयोजित बास्टिल डे समारोहमा लरी ठोक्काइएको थियो । उक्त घटनामा ८६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...