मुख्य समाचार
रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी
रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

— दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ ।




दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको बताइएको छ ।


'सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार एक सय उत्तर कोरियाली सैनिक मारिएको आँकलन गरेका छौँ,' दक्षिण कोरियाली सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाले रूसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको जनाएको छ । प्योङयाङले पूराना सैनिकलाई फिर्ता बोलाएर वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको बताइएको छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले 'आत्म-विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको' दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ ।

उत्तरले रूसी सेनाका लागि २४० एमएम रकेट लन्चर र १७० एमएम सेल्फ-प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस-युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ ।

उत्तर कोरियाले युक्रेन युद्धमा रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा कब्जा गरेको कुर्कस् क्षेत्रमा खटिएको विश्वास गरिएको छ ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ । विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ-उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।




यसअघि अमेरिका र उसका सहयोगीहरूले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई गरेको समर्थनको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । प्योङयाङले उक्त वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ भनको संज्ञा दिँदै आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...