मुख्य समाचार
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल

— काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल भएको छ । छलफलमा विभिन्न मन्त्रालयसँग सम्बद्ध दुई देशका उच्च तहका कर्मचारीको उपस्थितिमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनका क्रममा देखिएका समस्या र समाधानको उपाय खोजियो ।





चीन–नेपाल रेल सहयोगसम्बन्धी कार्य बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा टोली चीनको सांघाई पुगेको हो । टोलीमा शर्मासहित भौतिक मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर शाखाका सहसचिव भीमार्जुन अधिकारी, वन तथा वातावरण, कानुन, परराष्ट्र, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र अर्थ मन्त्रालयका उपसचिव सहभागी थिए ।

बैठकमा शुक्रबार चिनियाँ टोलीले काठमाडौं–केरुङ रेलमार्ग निर्माण चुनौतीपूर्ण रहेको औंल्याए । बैठकमा अध्ययनमा संलग्न चीनको सरकारी कम्पनी चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका प्राविधिक पनि सहभागी थिए । ९८ प्रतिशत पहाड पर्ने र निर्माण लागत महँगो पर्ने विषय छलफलमा उठेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर शाखाका सहसचिव भीमार्जुन अधिकारीले जनाए ।

प्राविधिक टोलीले अहिलेसम्म भएको अध्ययनबारे बैठकमा जानकारी गराएको अधिकारीको भनाइ छ । ‘यो बैठक प्रत्येक एक वर्षमा कहिले नेपाल र कहिले चीनमा हुन्छ, यो पटक चीनमा भएको हो,’ उनले भने, ‘बैठकमा रेलमार्गको अध्ययनका सम्बन्धमा छलफल भयो, भौगोलिक अवस्थाले गर्दा करिब ९५ प्रतिशत सुरुङ र पुल मात्र बनाउनुपर्ने भएकाले बढी लागत लाग्ने कुरा उठेको हो ।’ यसलाई कसरी सहज र सजिलो बनाउन सकिन्छ भन्नेबारे आफ्नो अनुभव प्रयोग गर्न प्राविधिक टोलीलाई सुझाव दिएको उनले सुनाए ।

भौगर्भिक अध्ययनअन्तर्गत अहिले काठमाडौं, नुवाकोट र रसुवामा माटो परीक्षणको काम भइरहेको छ । रेलमार्ग बन्ने सम्भावित स्थानमा पर्ने ड्रिल गरेर जमिनमुनिको माटो निकाली अध्ययन भइरहेको छ । ‘रेलमार्ग निर्माण गर्ने ठाउँमा समथर भूभाग कम छ, पहाड धेरै छ,’ उनले भने, ‘जसले गर्दा ठूला र लामा पुल तथा सुरुङ धेरै नै बनाउनुपर्छ ।’

सम्भाव्यता अध्ययन सकिएपछि सबै विषय आउने अधिकारीको भनाइ छ । ‘बढी समय ड्रिल गर्नलाई लाग्ने हो, अहिले त्यही काम भइरहेको छ,’ उनले भने, ‘चिनियाँ अधिकारीसमक्ष अध्ययनका लागि आइपर्ने प्रशासनिक सहयोग गर्न तयार रहेको जानकारी गरायौं ।’ नेपालबाट गएको टोलीले अघिल्लो दिन बिहीबार रेलमार्गको अध्ययन गरिरहेको फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको प्राविधिक टोलीसँग छुट्टै छलफल पनि गरेको थियो । अध्ययनका क्रममा बेहोर्नुपरेका स–साना समस्याबारे अध्ययन टोलीमा संलग्न प्राविधिकले कुरा उठाएको र त्यसलाई समाधानका लागि समन्वय गर्न तयार रहेको जानकारी गराइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।




‘सबै माटो परीक्षण नेपालको ल्याबमा मात्र हुँदैन । त्यसका लागि चीन लग्नुपर्छ । त्यसैले प्राविधिक टोली आउ–जाउ गर्न भिसा तथा वन र निकुञ्जका समस्या भएको विषय पनि बैठकमा उठेको छ,’ उनले भने, ‘त्यसमा पनि आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी गरायौं ।’ अध्ययनको काम निर्धारित समयमै सकिने छलफलमा सहभागी प्राविधिक टोलीले बताएको छ । २०८३ असारसम्म अध्ययन गर्ने समय छ ।

अध्ययन सकिएपछि सरोकारवाला मन्त्रालय, विभाग र विभिन्न निकायको उपस्थितिमा प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिनेछ । त्यसमाथि छलफल हुनेछ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुसमा नेपाल आएको चिनियाँ टोलीले २०८० माघमा पहिलो चरणको अध्ययन सकेको थियो ।

सुरु भएको मितिबाट ४२ महिनाभित्र अध्ययनको काम सक्नुपर्नेछ । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । पछि निर्माणका क्रममा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अघि बढाइनेछ ।

रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको मार्गको दूरी ७२ किमि रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमा भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला २०७८ चैतमा सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोहीअनुसार काम अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...
— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको ...
— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ । चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम