मुख्य समाचार
इन्टर मिलानले कोमोलाई २–० ले हराए
इन्टर मिलानले कोमोलाई २–० ले हराए

— इन्टर मिलानले कोमोलाई २–० ले हराएको छ र यससँगै इटालीको सिरी ए को शीर्षमा रहेको एटलान्टसँगको दुरी तीन अंकको अन्तरमा रह्यो । लिगमा इन्टरको लगातार अपराजित यात्रा ११ खेल पनि पुगेको छ ।


डिफेन्डर कार्लोस एगुस्टोले हेडबाट दोस्रो हाफको सुरुमै पहिलो गोल गरे । त्यसपछि मार्कस थुरामले दोस्रो गोल थपे र यससँगै इन्टर लिगमा लगातार चौथो जित पूरा भएको थियो । इन्टरका लागि गोलरक्षक यान सोमरले केही उत्कृष्ट बचाउ पनि गरे ।

थुरामको व्यक्तिगत गोल संख्या भने यो सिज लिगमा १२ पुगेको छ र उनी एटलान्टाका माटेओ रेटेगुइसँगै सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छन् । एटलान्टा १७ खेलबाट ४० अंकमा पहिलो स्थानमा छ भने इन्टरको १६ खेलबा ३७ अंक छ र तेस्रो स्थानमा छ ।

जितपछि इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले थुरामको प्रशंसा गर्दै भने, ‘उनी विश्वस्तरीय खेलाडी हुन् र प्रशिक्षणमा निकै लगनले सहभागी हुन्छन् । खेलमा पनि परिस्थिति अनुसार आफूलाई अभ्यस्त गर्न माहिर छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिगको फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै कीर्तिपुर भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्। उनीहरूलाई आइतबार कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो । यस प्रभावशाली जितमा लुइस डियाजले २३ औं मिनेटमा गोलको खाता खोले । उनले दुई गोल गरे । यस्तै मोहमद सलाहले पनि दुई ...
— केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो । कार्लो एन्सेलोटीको रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले पनि गोल गरे । सेभियाका तर्फबाट इसाक रोमेरो र ...
— सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ र उसको ३८ अंक मात्रै छ । अब एटलेटिकोले ...
— भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए ...