मुख्य समाचार
नेपाल प्रिमियर लिगको फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ
नेपाल प्रिमियर लिगको फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ

: नेपाल प्रिमियर लिगको फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै कीर्तिपुर भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्।


उनीहरूलाई आइतबार कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इन्टर मिलानले कोमोलाई २–० ले हराएको छ र यससँगै इटालीको सिरी ए को शीर्षमा रहेको एटलान्टसँगको दुरी तीन अंकको अन्तरमा रह्यो । लिगमा इन्टरको लगातार अपराजित यात्रा ११ खेल पनि पुगेको छ । डिफेन्डर कार्लोस एगुस्टोले हेडबाट दोस्रो हाफको सुरुमै पहिलो गोल गरे । त्यसपछि मार्कस थुरामले दोस्रो गोल थपे र यससँगै इन्टर लिगमा लगातार ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो । यस प्रभावशाली जितमा लुइस डियाजले २३ औं मिनेटमा गोलको खाता खोले । उनले दुई गोल गरे । यस्तै मोहमद सलाहले पनि दुई ...
— केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो । कार्लो एन्सेलोटीको रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले पनि गोल गरे । सेभियाका तर्फबाट इसाक रोमेरो र ...
— सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ र उसको ३८ अंक मात्रै छ । अब एटलेटिकोले ...
— भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए ...