मुख्य समाचार
फिल्म प्रदर्शनमा हुनसक्ने झडप रोक्न कलाकार र प्रदर्शक आफैंले सुरक्षा प्रबन्ध गर्नुपर्ने
फिल्म प्रदर्शनमा हुनसक्ने झडप रोक्न कलाकार र प्रदर्शक आफैंले सुरक्षा प्रबन्ध गर्नुपर्ने

। चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो र प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटना, झडप, दुर्घटनालाई रोक्न आवश्यक सुरक्षाको प्रबन्ध निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले गर्नुपर्ने बताएको छ ।

चलचित्र क्षेत्रका नौ संघसंस्थालाई पत्र लेख्दै बोर्डले सार्वजनिक प्रदर्शनको क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडपलाई रोक्न ध्यानाकर्षण गराएको हो ।




‘चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाउने व्यवस्था कार्यान्वयन गर्न, गराउन सहयोग गर्नु भई चलचित्र क्षेत्रको अनुशासन, मर्यादा र यसको गरिमा जोगाइराख्ने कार्यमा सबैको सहयोग र सहकार्यको लागि अनुरोध गरिन्छ,’ अध्यक्ष दिनेश डीसीले पत्रमा भनेका छन् ।

चलचित्रकर्मीको सुरक्षा व्यवस्था सम्बन्धमा विषयक पत्र लेख्दै बोर्डले निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, नृत्य संघ, चलचित्र संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति मातृभाषी चलचित्र संघ र चलचित्र पत्रकार संघलाई उक्त आग्रह गरेको हो ।



केही समयअघि भारतको हैदरावादमा ‘पुष्पा २’ को विशेष प्रदर्शनका क्रममा भएको घटना र काठमाडौंको सिभिल मलमा ‘कबड्डी’ प्रदर्शनका क्रममा अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनालाई आधार मान्दै बोर्डले ध्यानाकर्षण गरेको अध्यक्ष डिसीले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...