मुख्य समाचार
ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु
ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

। पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।


प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।

ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ । क्रिसमसको बिदामा यो शहरमा पर्यटकहरुको निकै भिड लाग्ने गर्दछ । यो शहरलाई जर्मन र इतालवी प्रवासीहरुले बसालेको बताइन्छ ।

ब्राजिलमा आइतबार मात्रै बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ। विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा पूर्वप्रथम महिला समेत रहेकी उनलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले सजाय फैसला सुनाएको बीबीसीले जनाएको छ। ५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ...
— रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा मंगलबार यात्रुवाहक रेलमा ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जना मारिएका छन् । त्यस्तै केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए । रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए । उक्त डिब्बामा १८ ...
— अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको ...
— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्। ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो। विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक ...
— मेक्सिकोको सालामांका नगरपालिकामा सोमबार एक फुटबल मैदानमा भएको गोलीकाण्ड (आक्रमण) मा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घटना फुटबल खेलपछि भएको थियो, जहाँ स्थानीय समुदाय र खेलप्रेमीहरू जम्मा भएका थिए । आक्रमणपछि मैदानमा बियरका क्यान, मैनबत्ती र रगतले लतपत कपडा फेला परेको थियो । गुआनाजुआटो राज्यकी राज्यपाल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम