मुख्य समाचार
हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।




उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो ।

पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनको प्रतिक्षामा थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।



यो आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ ।

गोली चलेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा पर्खाल नाघेर भाग्न खोजेकाहरुलाई गोली लागेको देखिन्छ ।

यो आक्रमण स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालमा भएको हो । यो अस्पताललाई स्थानीय रुपमा जनरल हस्पिटल भनेर चिनिन्छ । यो हाइटीको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो । हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च महिनादेखि यो अस्पताल बन्द छ । त्यति वेला प्रधानमन्त्री एरियल हेनरी सत्ताच्युत हुनुपरेको थियो ।

हाइटी द्वन्द्वको चपेटामा छ । एक महिना अगाडि पनि राजधानी पोर्ट ओ प्रिन्समा हिंसा भड्किँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो ।

त्यसको केही समयपछि नै एलिक्स डिडिएर फिल्स एमेले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद ...
। अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै ...
। भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । बेइजिङमा पत्रकारहरुसँगको ...
। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम