मुख्य समाचार
आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिँदै
आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिँदै

। क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।


झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।

निगम विहिबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ । सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए । उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने कुरामा सिसनले अहिलेसम्म ...
। हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् । सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं ...
। बलिउड ‘भाइजान’ सलमान खानले पछिल्लो आकर्षक सुगठित शरिरको फोटो सार्वजनिक गरेका छन् । प्रशंसकले उनको फिटनेसको बारेमा चिन्ता व्यक्त गरिरहँदा सलमानको पछिल्लो फोटो आएको हो । उनको नयाँ लुक्स आकर्षक देखिन्छ र धेरैका लागि प्रेरणादायी पनि । सलमानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सोमबार राती दुई फिटनेस फोटो सेयर गरेका छन्, जसमा उनी सर्टलेस देखिन्छन् । तस्वीरमा उनको ...
। नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा गरेका छन् । शनिबारदेखि दर्शकले नेटफ्ल्क्सिमा यशराज फिल्म्सले निर्माण गरेका फिल्म हेर्न पाएका छन् । यो साझेदारीले विशेष अवसर, चाडपर्व र फिल्मका विशेष क्षणमा रिलिज हुने यशराजका फिल्मको लाइनअपमा दर्शकलाई पहुँच दिन्छ । योसँगै दर्शकले आफूलाई मनपर्ने फिल्म घरमै बसेर हेर्ने मौका ...
। सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण गरेको कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् । किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै ...