मुख्य समाचार
‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म
‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म

। सन् २०२४ नेपाली फिल्म बजारको लागि ‘कीर्तिमानी वर्ष’ बनेको छ । यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रच्यो । यो फिल्म अहिले ५० करोडको कीर्तिमानी दौडमा छ ।

यसबीच नयाँ खबर छ ! अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ । सुकुमार निर्देशित यस फिल्मले प्रदर्शनको २० दिनमा नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।




प्रदर्शन भैरहेकाले ‘पुष्पा २’को कमाइमा अझै वृद्धि हुने देखिन्छ । यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’को नाममा थियो जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको थियो । यो फिल्मका ६ लाख ७७ हजारभन्दा धेरै टिकट विक्री भएका थिए । (चलचित्र विकास बोर्डले २०७९ चैत २८ गते सार्वजनिक गरेको डेटाअनुसार) ।

नेपालमा तेस्रो धेरै कमाउने फिल्मको रुपमा रणवीर कपुर स्टारर ‘एनिमल’ छ जसको ग्रस कलेक्सन १७ करोड ५० लाख ग्रस हाराहारीमा छ । ‘बाहुबली २ : द कन्क्लुजन’को कमाइ १५ करोड हाराहारीमा छ । ‘बाहुबली २’को रिलिजको समयमा नेपालमा बक्स अफिस प्रणाली सीमित हलमा मात्र जडान भएको कारण यसको कमाइमा अन्योल छ, यद्यपि, यसले १५ करोड हाराहारीमा कमाइ गरेको बताइन्छ ।



बक्सअफिस प्रणाली लागू भएयता पुष्पा २, केजीएफ २ र एनिमल धेरै कमाउने विदेशी फिल्मको रुपमा स्थापित भएका हुन् ।

‘पुष्पा २’का वितरकले उठाए लगानी

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाली वितरकले ल्याएका हुन् । ए-एट्, डीसीएन र आरआरले झण्डै ७ करोड नेरुमा फिल्म ल्याएका हुन् । लगानी उठाउन फिल्मले २२ करोड ग्रस कमाउनुपर्ने जरुरी थियो । पछिल्लो सप्ताहन्तमा लगानी उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो । महानगरपालिकाका अनुसार ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औंल्याए । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख पनि गरे । चलचित्र ...
। काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ । बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ । त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले ...
। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् । उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा ...
‘द एराज’ टूर सकिएको हुन सक्छ, तर कीर्तिमानको सिलसिला भने रोकिएको छैन । आफ्ना गीतलाई विश्वव्यापी सांगीतिक परिघटनामा रूपान्तरण गरेको वर्षौंपछि यी पप स्टारले अर्को यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन अहिलेसम्म कुनै पनि महिला संगीतकारले प्राप्त गर्न सकेकी थिइनन् र यसपटक यो सफलता संगीत चार्टमा होइन, सम्पत्तिको सूचीमा दर्ज भएको छ । ती सुपरस्टार हुन्, ...