मुख्य समाचार
‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म
‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म

। सन् २०२४ नेपाली फिल्म बजारको लागि ‘कीर्तिमानी वर्ष’ बनेको छ । यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रच्यो । यो फिल्म अहिले ५० करोडको कीर्तिमानी दौडमा छ ।

यसबीच नयाँ खबर छ ! अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ । सुकुमार निर्देशित यस फिल्मले प्रदर्शनको २० दिनमा नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।




प्रदर्शन भैरहेकाले ‘पुष्पा २’को कमाइमा अझै वृद्धि हुने देखिन्छ । यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’को नाममा थियो जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको थियो । यो फिल्मका ६ लाख ७७ हजारभन्दा धेरै टिकट विक्री भएका थिए । (चलचित्र विकास बोर्डले २०७९ चैत २८ गते सार्वजनिक गरेको डेटाअनुसार) ।

नेपालमा तेस्रो धेरै कमाउने फिल्मको रुपमा रणवीर कपुर स्टारर ‘एनिमल’ छ जसको ग्रस कलेक्सन १७ करोड ५० लाख ग्रस हाराहारीमा छ । ‘बाहुबली २ : द कन्क्लुजन’को कमाइ १५ करोड हाराहारीमा छ । ‘बाहुबली २’को रिलिजको समयमा नेपालमा बक्स अफिस प्रणाली सीमित हलमा मात्र जडान भएको कारण यसको कमाइमा अन्योल छ, यद्यपि, यसले १५ करोड हाराहारीमा कमाइ गरेको बताइन्छ ।



बक्सअफिस प्रणाली लागू भएयता पुष्पा २, केजीएफ २ र एनिमल धेरै कमाउने विदेशी फिल्मको रुपमा स्थापित भएका हुन् ।

‘पुष्पा २’का वितरकले उठाए लगानी

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाली वितरकले ल्याएका हुन् । ए-एट्, डीसीएन र आरआरले झण्डै ७ करोड नेरुमा फिल्म ल्याएका हुन् । लगानी उठाउन फिल्मले २२ करोड ग्रस कमाउनुपर्ने जरुरी थियो । पछिल्लो सप्ताहन्तमा लगानी उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...