मुख्य समाचार
रूस आएका उत्तर कोरियाली सेनाले उल्लेख्य प्रभाव पारेन : युक्रेन
रूस आएका उत्तर कोरियाली सेनाले उल्लेख्य प्रभाव पारेन : युक्रेन

। रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मंगलबार एएफपीलाई बताएका छन् ।

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् ।


रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।

‘युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन,’ युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर) का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने, ‘यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।’



उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त भइहेको पाइएको छ ।

उनले अगाडि भने, ‘उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं । हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए ।

दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम