मुख्य समाचार
‘पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न आधा करोड खर्चेर अन्टार्कटिका पुगे युट्युबर, फेला पर्‍यो अनौठो तथ्य
‘पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न आधा करोड खर्चेर अन्टार्कटिका पुगे युट्युबर, फेला पर्‍यो अनौठो तथ्य

पृथ्वी गोलाकार छ । यही कुरा भन्दा इतिहासमा ब्रुनोलाई ज्यूँदै जलाइएको थियो । किनकि सदियौं अघि पृथ्वी चेप्टो छ र सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास थियो । यद्यपि पृथ्वी चेप्टो भएको सिद्धान्तमा विश्वास गर्ने मानिसहरु सदियौंअघि मात्र होइन अहिले पनि छन् । चेप्टो पृथ्वीको सिद्धान्तलाई सही सावित गर्नका लागि उनीहरुले अनेक खालका तर्क र कुतर्क गर्दछन् । आफ्नो त्यही अन्धविश्वासलाई सावित गर्नका लागि एकजना व्यक्तिले लाखौं खर्च गरे। यतिमात्र होइन, ती युट्युबरको यात्राले पृथ्वी गोलो छैन भन्ने उनको भ्रमलाई तोडेको मात्र होइन, उनलाई नयाँ दृष्टिकोण पनि प्रदान गर्‍यो ।

पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तका खरो समर्थक रहेका युटयुबर जेरन क्याम्पनेला आफ्नो दाबीलाई सही सावित गर्नका लागि करीब ३७ हजार डलर खर्च गरेर अन्टार्कटिकाको यात्रामा गए । अन्टार्कटिका चेप्टो पृथ्वीलाई ढाकेको एक हिउँको भित्ता रहेको र पृथ्वी चेप्टो रहेको कुरा सावित गर्ने उनको उद्देश्य थियो ।


‘मध्यरातको सूर्य’ले तिनछक

मिडनाइट सन अर्थात् मध्यरातको सूर्य । यो एउटा यस्तो घटना हो जब सूर्य २४ घण्टासम्म एउटै स्थानमा देखिन्छ, विशेष गरी ध्रुवीय क्षेत्रमा । यसले पृथ्वी गोलो रहेको सिद्धान्तलाई सटिक रुपमा सावित गर्दछ ।



फ्लाट अर्थ थ्योरी अर्थात् पृथ्वी चेप्टो रहेको सिद्धान्त अनुसार सूर्य कहिल्यै पनि स्थिर रहँदैन र २४ घण्टासम्म एउटै स्थापना पनि रहँदैन ।

क्याम्पनेलाले सोंचेका थिए कि अन्टार्कटिकामा सूर्य उदाउँदैन र अस्ताउँदैन पनि, मात्र स्थिर रहन्छ। तर, अन्टार्कटिकामा उनको अनुभवले उनको पूरा सोंच नै बदलिदियो । उनले त्यहाँ जे देखे त्यसले चेप्टो पृथ्वी सिद्धान्तलाई पूर्णरुपमा असत्य सावित गरिदियो । उनले मिडनाइट सन् देखे, जहाँ २४ घण्टासम्मै लगातार सूर्य देखिन्छ । यो घटना केवल ध्रुवीय क्षेत्रमा मात्रै हुन्छ र यो नै पृथ्वी गोलाकार छ भन्ने तथ्यको भरपर्दो प्रमाण हो ।

आफ्नो अन्टार्कटिकाको यात्रा पश्चात् क्याम्पनेलाले भनेका छन्–कहिलेकाही जीवनमा तपाईं गलत हुनुहुन्छ । मलाई लाग्थ्यो कि सूर्य २४ सै घण्टा देखिंदैन । तर अब मलाई यस्तो पनि हुन्छ भन्ने कुरा यकिन भयो ।

क्याम्पनेलाको अन्टार्कटिका यात्राले फ्लाट अर्थ थ्योरीको आजिमुथल इक्विडिस्टेन्स नक्सालाई पनि गलत सावित गरिदियो । अब त्यो नक्सा आफ्नो लागि कुनै कामको नरहेको उनले बताए ।

क्याम्पनेलाको यात्राले सन् १९५९ को अन्टार्कटिका सन्धिको दाबीलाई पनि खारेज गरिदिएको छ । जसमा भनिएको थियो कि अन्टार्कटिकामा आम नागरिकलाई जानका लागि प्रतिबन्धित छ । यद्यपि उक्त सन्धि अनुसार पर्यटक र शोधका लागि चाहिं अन्टार्कटिकामा जाने अनुमति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...