मुख्य समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय

। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ ।

यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो ।




‘अब रजिस्ट्रेशन ९ कक्षामा मात्र हुन्छ । ११ मा नगर्ने निर्णय भएको छ । राजश्व मिनाहाका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेका छौँ,’ कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अनलाइनखबरसँग भने ।

यो वर्ष भने रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाले शुल्क उठाइने उनले बताए । ‘यो वर्ष समय घर्किएकाले अर्कोवर्षबाट गर्ने भनिएको हो,’ नियन्त्रक पौडेलले भने ।



शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै निःशुल्क गर्न भनेकी थिइन् । तर प्रक्रिया अगाडि बढेकाले निःशुल्क गर्न नसकिएको बोर्डको भनाइ छ ।

मन्त्री भट्टराईले पनि यो वर्ष सम्भव नभए अर्को वर्ष शुल्क नउठाउने सुनिश्चितता गर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार बोर्डले निर्णय गरेको हो ।

शुल्कको विषयमा निर्णय नहुँदा कक्षा ९ को रजिस्ट्रेशन फारम भर्न बिलम्व भएको थियो । अब केही दिनमै राजिस्ट्रेशन फारम खोल्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने छन् । रजिस्ट्रेशनबाट ९ कक्षामा वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको थियो ।

शिक्षा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क उठाउन नहुने बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई ...
। सत्तारुढ दल नेकपा एमालेले सहकारी ऐन–२०७४ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले उक्त अध्यादेश चाँडै जारी गराउन ध्यानाकर्षण गराइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश पारित गरेको थियो । ‘…अध्यादेशले सहकारीको सन्दर्भमा संसदीय छानबिन समितिले दिएको सिफारिस अनुसार ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अनुशासनको व्याख्या गर्न एआईको सहारा लिएका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ भने स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ । पार्टी निर्णयको बचाऊ गर्दै महासचिव पोखरेलले पार्टी अनुशासन बारे एआईको धारणा ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए । ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिदैछ’, मन्त्री गुरूङले भने । फरक प्रसँगमा मन्त्री गुरूङले एआईको प्रयोग सम्बन्धी नीति ल्याउने तयारीबारे ...
। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरेर भोगचलन गरिरहेको पाइएको छ । बेल्डाँडी गाउँपालिका–५ को नजिकै पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने करीब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको हो । ३ पुसमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, ...