मुख्य समाचार
सिटी च्याम्पियन्स लिगमा छनोट नहुन पनि सक्छ : ग्वार्डिओला
सिटी च्याम्पियन्स लिगमा छनोट नहुन पनि सक्छ : ग्वार्डिओला

। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्को सिजनको च्याम्पियन्स लिगमा सिटी छनोट हुन नसक्ने खतरा रहेको प्रतिक्रिया दिएका छन् ।

यूरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सिटीले लगातार १४ सिजन खेलेको छ । आर्सनलले सन् १९९८ देखि २०१७ सम्म र म्यानचेष्टर युनाइटेडले सन् १९९६ देखि २०१४ सम्म यूरोपियन प्रतियोगिता खेलेका थिए । इंग्लिस क्लबहरुमध्ये सिटीभन्दा लामो समय लगातार यूरोपियन प्रतियोगितामा सहभागी हुने दुई क्लब आर्सनल र युनाइटेड मात्र हुन् ।




हाल प्रिमियर लिगमा सिटी सातौं स्थानमा छ । १७ खेलबाट सिटीको २७ अंक छ । जुन चौथो स्थानको नटिङहम फरेस्ट भन्दा ४ अंक र पाँचौ स्थानको बर्नमाउथभन्दा १ अंकले पछि हो । छैटौं स्थानको एस्टन भिल्लाको पनि सिटी भन्दा १ अंक बढी छ ।

यूरोपियन च्याम्पियन्स लिगमा इंग्ल्याण्डबाट अर्को सिजन शीर्ष पाँचमा रहनेले खेल्नेछ । अहिलेको अवस्था अनुसार सिटी छनोट हुने सम्भावना केही कमजोर छ । ‘जब मैले पहिला भन्थे मानिसहरु हाँस्थे’ ग्वार्डिओलाले भने, ‘उनीहरु भन्थे कि च्याम्पियन्स लिगमा छनोट हुनु मात्र ठूलो सफलता होइन ।’



‘तर मलाई थाहा छ यो देश (इंग्ल्याण्ड) को क्लबमा यस्तो हुन्छ । उनीहरु धेरै वर्षसम्म हावी भएर पनि पछिल्लो समय धेरै वर्ष उनीहरु च्याम्पियन्स लिगमा छनोट भएका छैनन्’ उनले थपे ।

ग्वार्डिओलाको सिटीले बक्सिङ डे मा एभरटनसँग घरेलु मैदानमा खेल्दैछ । यस्तै २९ डिसेम्बरमा लेस्टर सिटीको भ्रमणमा निसक्नेछ भने ४ जनवरीमा वेष्टहमसँग घरेलु मैदानमा खेल्नेछ ।

सिटीको अबको खेल तालिकाको पूछारतिरको टिमसँग रहेकोले सिटीसामू प्रदर्शन सुधार गर्दै नतिजा ल्याउने अवसर छ । सिटीले पछिल्लो ८ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ । त्यसैले पनि ग्वार्डिओलाले यूरोपियन प्रतियोगिता गुम्ने सम्भावना रहेको बताएका छन् ।

‘च्याम्पियन्स लिगमा पछिल्ला सिजनहरुमा खेल्ने एक टिम म्यानचेष्टर सिटी हो । तर अहिले हामी साँच्चै खतारमा छौं’ ग्वार्डिओलाले भने ।

आर्सनल, चेल्सी, लिभरपुल र म्यानचेष्टर युनाइटेडले २००६-०६ देखि २००८-०९ सिजनसम्म प्रिमियर लिगमा शीर्ष चार स्थान ओगटेका थिए । यी मध्ये कम्तीमा तीन क्लबले सन् २०१५ सम्म शीर्ष चारमा स्थान बनाएका थिए ।

तर युनाइटेडले पछिल्लो ११ सिजनमध्ये पाँच सिजन च्याम्पियन्स लिग बाहिर रहेको थियो । आर्सनलले पछिल्लो सिजन च्याम्पियन्स लिगमा पुनरागमन गर्नुअघि ६ सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेन ।

यस पटक सिटीलाई अप्रत्याशित रुपमा खतरा देखिएको हो । नटिङहम फरेस्ट र बर्नमाथउसिहत एस्टन भिल्ला सिटी भन्दा अंकतालिकामा अघि छ । न्यूक्यासल, फुलहम र ब्राइटन पनि सिटी नजिक छ ।

‘यस पटक धेरै क्लबहरु होडमा छन्’ ग्वार्डिओलाले भने । सिटीले सबैखाले प्रतियोगिता गरी पछिल्लो १२ खेलमा ९ खेल हारेको छ । ‘सबै क्लबका लागि यो महत्वपूर्ण छ कि यदि हामीले खेल जित्न सकेनौँ भने हामी निश्चित रुपमा बाहिर हुनेछौँ ।’

‘यदी हामी छनोट भएनौं भने त्यसको कारण हामी यसका लागि लायक थिएनौं भन्ने हुनेछ । किनकी हामी यसका लागि तयार थिएनौं र हामीसँग धेरै समस्याहरु छन् जुन हामीले सुधार गर्नुपर्छ’, ग्वार्डिओलाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...