मुख्य समाचार
दीपेन्द्र सिंह ऐरीले जितेको कारको कर शारडा ग्रुपले तिरिदिने
दीपेन्द्र सिंह ऐरीले जितेको कारको कर शारडा ग्रुपले तिरिदिने

: नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ ।


एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो ।

प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्‍याएका थिए । लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने जनाएको छ ।


२०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको अत्याधुनिक विशेषता र आकर्षक डिजाइनसहितको यो अल–इलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाइ’ सहप्रायोजकका रूपमा ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको यो सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेल क्षेत्रको समग्र उचाइ बढाउन योगदान पुर्‍याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...