मुख्य समाचार
नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियान
नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियान

: अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ। नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ।


उडानका क्रममा उक्त यान केही दिन सञ्चार सम्पर्कबाट छुट्टिने छ। वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन संकेतको प्रतीक्षामा हुने छन्। त्यस्तो संकेत सम्भवतः यही साता डिसेम्बर २७ अर्थात् शुक्रबार प्राप्त हुने छ। यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकको छ।

‘सयौं वर्षदेखि मानिसले सूर्यबारे अध्ययन गर्दै आएका छन्। तर, नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन’, नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले भनिन्। उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नै पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार मच्चिएको छ। मोल्डोभाको वातावरण मन्त्रालयका अनुसार नदीमा तेलको मात्रा अत्यधिक देखिएपछि नसालाभ्चा लगायतका क्षेत्रमा पानीको आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ। अधिकारीहरूले नदीको पानी पिउन, घरेलु प्रयोजनमा ल्याउन वा पशुचौपायालाई दिनसमेत कडा प्रतिबन्ध लगाएका छन्। मोल्डोभाका वातावरण मन्त्री जर्ज हाज्दरले तेललाई थप तलतिर बग्न ...
। इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण इरानका २४ हजार ५ सयभन्दा बढी नागरिक संरचनाहरूमा क्षति पुगेको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर–होसेन कोलिभान्डका अनुसार हालसम्म २४,५३१ वटा नागरिक सुविधाहरू क्षतिग्रस्त भएका छन्, जसमध्ये १९,७७५ वटा सर्वसाधारणका आवासीय घरहरू रहेका छन् । अमेरिकी र इजरायली हवाई हमलाका कारण इरानको जनजीवन र अर्थतन्त्रमा गम्भीर असर परेको ...
। ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ। ओमान न्युज एजेन्सीले एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, उक्त ड्रोन अल-अवाही औद्योगिक क्षेत्रमा खसेको थियो, जसका कारण दुई जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्। एजेन्सीका अनुसार ज्यान गुमाउने दुवै जना विदेशी नागरिक हुन्। सोहार प्रान्तमै अर्को ...
। इराकमा भएको अमेरिकी सैन्य विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ। पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको थियो । ‘मार्च १२ मा लगभग २ बजे, पश्चिमी इराकमा अमेरिकी केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भयो । उद्धार प्रयास जारी रहँदा, विमानमा रहेका ६ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको ...
। मध्यपूर्वमा देखिएको ऊर्जा संकटका बीच दक्षिण कोरियाले विपन्न घरपरिवारहरूलाई इन्धन राहत प्रदान गर्ने योजनामा विचार गरिरहेको त्यहाँका उद्योगमन्त्रीले घोषणा गरेका छन्। उद्योगमन्त्री किम जङ-क्वानले शुक्रबार भने, ‘बढ्दो ऊर्जा मूल्यको भारलाई कम गर्न सरकारले सबै आवश्यक कदमहरू चाल्नेछ।’ किमका अनुसार, सरकारले कच्चा तेलको सह-उत्पादन नाफ्थाको निर्यातलाई पनि सीमित गर्नेछ। नाफ्था विशेषगरी प्लास्टिक उत्पादन र औद्योगिक सरसफाइका लागि ...