मुख्य समाचार
नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियान
नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियान

: अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ। नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ।


उडानका क्रममा उक्त यान केही दिन सञ्चार सम्पर्कबाट छुट्टिने छ। वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन संकेतको प्रतीक्षामा हुने छन्। त्यस्तो संकेत सम्भवतः यही साता डिसेम्बर २७ अर्थात् शुक्रबार प्राप्त हुने छ। यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकको छ।

‘सयौं वर्षदेखि मानिसले सूर्यबारे अध्ययन गर्दै आएका छन्। तर, नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन’, नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले भनिन्। उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नै पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद ...
। अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै ...
। भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । बेइजिङमा पत्रकारहरुसँगको ...
। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम