मुख्य समाचार
विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ
विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ

: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा.धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा, डा. शारदा थपलियाले शपथ लिएका हुन् ।


प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे। सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सांसदहरूले नेपालको जलविधुत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक,२०८० माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा उनीहरूले राज्यले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए । संशोधनकर्ता सांसद गगन कुमार थापाले जलविधुत क्षेत्रमा निजी क्षेत्रको ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे । ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कुन सरकार हुँदा ...
। संगीत रोयल्टी संकलन समाजले मंसिर महिनामा यातायातका साधनबाट चार लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । समाज र ट्राफिक प्रहरीको अनुगमनबाट उक्त रकम संकलन गरिएको समाजका महासचिव बद्री पाण्डेले बताए । उक्त महिनामा मात्र समाजले काठमाडौंका प्रमुख नाकाहरू जगाती, थानकोट र दक्षिणकालीमा रोयल्टी संकलन गरेको थियो । रोयल्टी तिरेर ग्रीन स्टिकर लिने सवारी साधन, होटल, ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। ठूला ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । दुई मन्त्रीकाे भेटमा निर्माणाधीन सडकको वर्तमान अवस्थाबारे ...