मुख्य समाचार
बागमतीमा संघीय सरकारले पठायो तीन सचिव, अझै चार सचिवको अभाव
बागमतीमा संघीय सरकारले पठायो तीन सचिव, अझै चार सचिवको अभाव

। सचिव अभाव झेलिरहेको बागमती प्रदेश सरकारले संघीय सरकारबाट तीनजना सचिव पाएको छ । बागमतीमा लामो समयदेखि सात सचिव रिक्त रहेकोमा संघीय सरकारले तीन सचिव खटाएको हो ।

डा. सुमित्रा गौतम, रिपेशकुमार शाक्य र वीरेन्द्रदेव भारतीलाई पठाइएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।




मन्त्री लामिछानेका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । शाक्य र भारतीलाई जिम्मेवारी तोक्न बाँकी रहेको उनले बताए ।

संघीय सरकारले तीन सचिव पठाए पनि बागमतीमा अझै चार सचिवको अभाव छ । सचिव अभावका कारण चारजना सचिवले दोहोरो जिम्मेवारी पाएका छन् ।



श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाको दुई महिनाअघि नै सरुवा भएको छ । तर, सचिव अभावका कारण उनले रमाना नलिई काम गरिरहेको मन्त्री लामिछानेले बताए ।

गत १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले बद्रीनाथ गैह्रे र राजेन्द्रकुमार केसीलाई दोहोरो जिम्मेवारी तोकेको थियो । सामाजिक विकास मन्त्रालयका सचिव गैह्रेले युवा तथा खेलकुद मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव केसीले संस्कृति तथा पर्यटन मन्त्रालयको पनि जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । आन्तरिक मामिला मन्त्रालयले नै विगत एक वर्षदेखि सचिव पाएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुन सचिव छैनन् ।

सचिव अभावका कारण भएका सचिवलाई दोहोरो जिम्मेवारी दिनु परेको मन्त्री लामिछानेले बताए । उनका अनुसार बागमती सरकारले प्रदेशमा समायोजन भएर आएका ११औं तहका कर्मचारीलाई नै सचिवको जिम्मेवारी तोक्ने गरी गृहकार्य गरिरहेको छ । प्रदेश लोकसेवा आयोगबाट बढुवा भएका ११औं तहका कर्मचारीलाई सचिव बनाउने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

सचिव अभावको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेशले सचिव तयार गर्ने गरी छलफल भएको पनि उनले बताए । बागमतीले यसअघि नै प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनमा लगिसकेको छ ।

विधेयक अनुमोदन

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश औद्योगिक ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को संशोधन विधेयक अनुमोदन गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तालिम सञ्चालन र प्रविधि हस्तान्तरण कार्यक्रम कार्यविधि २०८१ लाई प्रदेश सभाको समितिमा पठाउने निर्णय भएको जानकारी दिए ।

मन्त्री लामिछानेका अनुसार बैठकले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ र स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१ पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सांसदहरूले नेपालको जलविधुत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक,२०८० माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा उनीहरूले राज्यले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए । संशोधनकर्ता सांसद गगन कुमार थापाले जलविधुत क्षेत्रमा निजी क्षेत्रको ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे । ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कुन सरकार हुँदा ...
। संगीत रोयल्टी संकलन समाजले मंसिर महिनामा यातायातका साधनबाट चार लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । समाज र ट्राफिक प्रहरीको अनुगमनबाट उक्त रकम संकलन गरिएको समाजका महासचिव बद्री पाण्डेले बताए । उक्त महिनामा मात्र समाजले काठमाडौंका प्रमुख नाकाहरू जगाती, थानकोट र दक्षिणकालीमा रोयल्टी संकलन गरेको थियो । रोयल्टी तिरेर ग्रीन स्टिकर लिने सवारी साधन, होटल, ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। ठूला ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । दुई मन्त्रीकाे भेटमा निर्माणाधीन सडकको वर्तमान अवस्थाबारे ...