मुख्य समाचार
कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने
कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने

: कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ। समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्तापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो।


पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरू काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए। काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए।

उनले अदाललते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । ...
: कर्णाली र लुम्बिनी प्रदेश जोड्ने पाँचवटा रणनैतिक महत्त्वका सडक छन्। तिनको निर्माणका लागि दुवै सरकारले सहकार्य गर्ने समझदारी गरेका छन्। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार विकास र समृद्धिमा सहयोग गर्ने समझदारी गरेका हुन्। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार १९ बुँदे साझा समझदारीपत्रमा हस्ताक्षर भएको हो। कर्णाली र लुम्बिनी ...
— सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हॅुदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा शुक्रबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पाल्पाको रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको जिल्ला ...
— हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत ...
: सांसदहरूले नेपालको जलविधुत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक,२०८० माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा उनीहरूले राज्यले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए । संशोधनकर्ता सांसद गगन कुमार थापाले जलविधुत क्षेत्रमा निजी क्षेत्रको ...