मुख्य समाचार
सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरूङ
सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरूङ

: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आवद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारवाही गर्यो भन्नु गलत भएको उनको भनाइ छ ।


गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानुनी भएको उनको भनाइ छ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए । त्यस्तै उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे।


एआईको प्रयोगसम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ ।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उनले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुरुङ परीक्षणका क्रममा दुई पटक पानी चुहिएपछि स्थानीय लगानीकर्ताले १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनालाई ध्यानाकर्षण गराएका छन् । चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवर्द्धक रहेको उक्त आयोजनाले उत्पादन परीक्षण गर्दा एक वर्षमा दुई पटक सुरुङबाट पानी बाहिर निस्केपछि पुनः मर्मत गर्नुपर्ने भन्दै झन्डै एक अर्ब लगानी गरेका जिल्लाका कम्पनी र सर्वसाधारणले आयोजनालाई ध्यानाकर्षण गराएका हुन् । लगानीकर्ताको ...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्‍घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। उनले पचासौं वर्षदेखि जग्गा कव्जा हुँदा ...
— काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । ...
: कर्णाली र लुम्बिनी प्रदेश जोड्ने पाँचवटा रणनैतिक महत्त्वका सडक छन्। तिनको निर्माणका लागि दुवै सरकारले सहकार्य गर्ने समझदारी गरेका छन्। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार विकास र समृद्धिमा सहयोग गर्ने समझदारी गरेका हुन्। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार १९ बुँदे साझा समझदारीपत्रमा हस्ताक्षर भएको हो। कर्णाली र लुम्बिनी ...
— सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हॅुदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा शुक्रबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पाल्पाको रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको जिल्ला ...