मुख्य समाचार
लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित
लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित

। प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।


दोस्रो हाफको सुरुमै लिभरपुलले अग्रता लियो । ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुलले २-१ को अग्रता बनायो । ८२औं मिनेटमा गाक्पोको पासमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिभरपुलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको चेल्सीभन्दा अझै १ खेल कम खेलेको छ । १८ खेलबाट चेल्सीको ३५ अंक छ ।



गएराती भएको खेलमा पहिले अग्रता लिएपनि चेल्सी फुलहमसँग २-१ ले स्तब्ध भयो । घरेलु मैदानमा कोल पाल्मरले १६औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर फुलहमले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै दुई गोल गर्‍यो । ८२औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि रोड्रिगो मुनिजले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै फुलहमलाई २-१ को जित दिलाए । चेल्सी ४५ वर्षपछि घरेलु मैदानमा फुलहमसँग पराजित भएको हो ।

यस जितपछि फुलहम १८ खेलबाट २८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा वलभ्सले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । नटिङहम परेस्टले टोटनहम हट्सपरलाई १-० ले तथा न्युकासलले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ । वेष्टहम ले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा बर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...