मुख्य समाचार
पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी
पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी

पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ ।


अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो, 'पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ। त्यहाँ रहेका मानिस पाकिस्तानबाट शरणार्थी भएर अफगानिस्तान पुगेका हुन्। यस हमलामा ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला छन् । यस्तो अवस्थामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेर आफ्नै जनता मारेको हो भन्ने प्रश्न उठिरहेको छ ।'

पाकिस्तानी अधिकारीहरूले भने अफगानिस्तानमा भएको हवाई हमलाको बारेमा अहिलेसम्म कुनै पुष्टि गरेका छैनन्। मिडिया रिपोर्टका अनुसार पाकिस्तानी सेनाका नजिकका स्रोतहरूका अनुसार यस हवाई हमलाको माध्यमबाट सीमावर्ती तालिबान स्थानहरूलाई निशाना बनाइएको हो।


पाकिस्तानी तालिबानले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको जनाइएको छ। पाकिस्तानी अधिकारीहरूले अफगान तालिबानले पाकिस्तानी आतंकवादीहरूको आक्रमण रोक्न आफूहरूलाई सहयोग नगरेको दाबी गरेका छन्।

तालिबान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावरजामीले पाकिस्तानी रक्षा स्रोतहरूले गरेको दाबीलाई खण्डन गरेका छन्।

खावरजामीले आक्रमणमा धेरै बालबालिका, महिला र अन्य सर्वसाधारण मारिएका र घाइते भएको बताए । यद्यपि हताहतको यकिन संख्या भने आउन सकेको छैन । हालसम्म भग्नावशेषबाट महिला र बालबालिकासहित १५ जनाको शव निकालिएको छ । यो संख्या अझै बढ्न सक्छ।

तालिबान र पाकिस्तान बीच तनाव लगातार बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद ...
। अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै ...
। भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । बेइजिङमा पत्रकारहरुसँगको ...
। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम